+
+

एलन मस्कको चमत्कार, नछोइकन चलाइयो कम्प्युटर माउस

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन ९ गते ६:३१
मस्तिष्कमा चिप जडान गरिएका व्यक्ति । उनले भिडियो गेम पनि खेल्न सक्ने बताएका छन् ।

काठमाडौं । एलन मस्कले मानव इतिहासकै सबैभन्दा ठूलो चमत्कार गरेर देखाएका छन् । हालै मस्कको कम्पनी न्युरालिंकले मानिसको मस्तिष्कमा चिप प्रत्यारोपण गरेको थियो र त्यसको जानकारी स्वयं मस्कले नै दिएका थिए । मस्तिष्कमा चिप जडान भएका उनै व्यक्तिले नछोइकनै माउसलाई चलाइदिएका छन् । अर्थात् ती व्यक्तिले केवल सोँचेकै भरमा कम्प्युटर माउसलाई नियन्त्रण गरेका छन् । तत् पश्चात् माउसको कर्सर स्क्रिनको एक छेउँबाट अर्को छेउँमा सरेको थियो ।

रोयटर्सका अनुसार सोसल मिडिया प्लाटफर्ममा भएको कार्यक्रमका क्रममा मस्कले मस्कले उक्त जानकारी सार्वजनिक गरेका हुन् । मस्कका अनुसार कार्यक्रम सफल भएको छ र प्रत्यारोपित व्यक्ति पूर्णरुपमा निको भएका छन् । मस्तिष्कमा चिप प्रत्यारोपणबाट ती व्यक्तिलाई कुनैपनि हानी नपुगेको उनले बताए ।

मानव मस्तिष्कमा चिप जडान गरेर मान्छेलाई शरीरले नछोइकनै कम्प्युटर माउस नियन्त्रण गर्न सक्षम बनाएका मस्कले आफ्नो कम्पनी न्युरालिंकबाट निकै दूरगामी लक्ष्य तय गरेका छन् । कम्पनीको अर्को कदम भनेको अझै कठीन समस्यासँग अन्तरक्रिया गर्नु हो । यसमा कम्प्युटरको माउस बटनलाई पनि नियन्त्रण गर्नु हुनेछ । यसमा मानिसले माउसलाई हात पनि लगाउने छैन र केवल मस्तिष्कमा लगाइएको चिपको संकेतबाट कम्प्युटरमा सबै काम हुनेछ ।

मस्कको कम्पनी न्युरालिंकले मानव मस्तिष्कमा चिप जडानका लागि गत अक्टोबरमा अमेरिकी प्रशासनबाट अनुमति लिएको थियो ।

न्युरालिंकले चिप प्रत्यारोपणका लागि रोबोटको प्रयोग गर्दछ जसले सर्जरी गरी एउटा मस्तिष्क कम्प्युटर इन्टरफेसलाई प्रत्यारोपण गर्दछ । सुरुवाती चरणमा मानिसलाई सोँचेकै भरमा कम्प्युटर कर्सर वा किबोर्डलाई नियन्त्रण गर्नसक्ने बनाउने लक्ष्य न्युरालिंकको छ । ,

एलन मस्कले सन् २०१६ मा न्युरालिंक कम्पनीको स्थापना गरेका थिए । यो एउटा न्युरोप्रविधि कम्पनी हो । यसको उद्देश्य एउटा निर्वाध ब्रेन कम्प्युटर इन्टरफेस तयार गर्नु हो, जसको नाम द लिंक राखिएको छ । यो त्यस्ता मानिसहरुका लागि निकै उपयोगी सावित हुनेछ जसले आफ्नो हातले कुनै चिजलाई छुन सक्दैनन् र कुनै चिज हातले उठाउन पनि सक्दैनन् ।

-एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?