+
+

एप्पललाई २ अर्ब डलर जरिवाना

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन २२ गते १२:३६

युरोपेली युनियनले प्रतिस्पर्धासम्बन्धी कानुन उल्लंघनको आरोपमा पहिलोपटक एप्पलविरुद्ध करिब २ अर्ब डलर जरिवाना गर्ने निर्णय गरकेो छ । अन्य प्रतिस्पर्धी प्लाटर्फमहरुभन्दा आफ्नो म्युजिक स्ट्रिमिङ सर्भिसलाई अनुचित तरिकाले ग्राह्यता दिएको अभियोग एप्पलमाथि लागेको छ ।

युरोपेली युनियनको प्रतिस्पर्धा कानुन कार्यान्वयन निकायका अुनसार एप बाहिरको वैकल्पिक तथा सस्तो म्युजिक सब्सक्रिप्सन सर्भिसका बारेमा आइओएस प्रयोगकर्तालाई जानकारी दिनबाट एप्पलले एप डेभलपर्सहरुलाई बन्देज लगाएको छ ।

यस्तो कदम गैरकानुनी भएको र यसले दशौं लाख युरोपेली उपभोक्ताहरुलाई प्रभाव पारेको ईयूका प्रतिस्पर्धा आयुक्त मार्गरेथ भेस्टेगर बताउँछन् । एप्पलले करिब एक दशकदेखि यस्तो कार्य गर्दै आएको हुँदा धेरै प्रयोगकर्ताहरुले म्युजिक स्ट्रिमिङ सब्सक्रिप्सनका लागि उल्लेख्य रुपमा उच्च शुल्क तिरेका छन् ।

स्विडेनको म्युजिक स्ट्रिमिङ सर्भिस स्पोटीफाइले पाँच वर्षअघि गरेको उजुरीउपर विस्तृत तथा लामो अनुसन्धान गरी ईयूले एप्पलमाथि १ अर्ब ८० करोड युरो जरिवाना गरेको हो ।

स्मरण रहोस् एप्पलले प्रतिस्पर्धा विरोधी गतिविधि तथा एकाधिकारवादी कदमहरुका विरुद्धमा विश्वका ठूला प्रविधि कम्पनीहरुमाथि कारबाही गर्दै आएको छ ।

यसअघि उसले गुगल तथा फेसबुकको मातृ कम्पनी मेटालाई पनि अर्बौं डलर जरिवाना गरेको थियो । साथै उसले एप्पलको मोबाइल भुक्तानी सेवाका सम्बन्धमा पनि छुट्टै अनुसन्धान अघि बढाएको छ ।

एता आफूविरुद्ध २ अर्ब डलर बराबरको जरिवाना गर्ने युरोपेली युनियनको निर्णय विरुद्ध पुनरावेदन गर्ने एप्पलले जनाएको छ ।

एक विज्ञप्तिमा एप्पलले भनेको छ- आयोगले उपभोक्ताहरुलाई क्षति पुगेको भन्ने कुनै विश्वसनीय प्रमाण पत्ता लगाउन असफल हुँदाहुँदै पनि यस्तो निर्णय गरेको छ । यसले विद्यमान प्रतिस्पर्धात्मक र तिव्र रुपमा विकास भैरहेको बजारको यथार्थलाई नजरअन्दाज गरेको छ।

आयोगले निर्णयले स्पोटिफाइलाई फाइदा पुगेको उसको भनाइ छ । प्रतिस्पर्धाको नाममा युरोपेली कम्पनी स्पोटिफाइलाई फाइदा पुग्ने र उसकै प्रभुत्व स्थापित हुनेगरी आयोगले निर्णय गरेको भन्दै एप्पलले कटाक्ष गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?