+
+
Shares

कांग्रेसको पेशागत केन्द्रीय सदस्यमा केदार नरसिंह केसी अगाडि, शीर्ष १० मा को–को ?

कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत पेशागततर्फ ५ केन्द्रीय सदस्यका लागि भएको निर्वाचनमा २ हजार मत गणना हुँदा डा. केदार नरसिंह केसी पहिलो स्थानमा छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २८ गते ५:४७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत पेशागत तर्फको निर्वाचनमा डा. केदार नरसिंह केसीले २ हजार मत गणनामा ९०८ मतसहित पहिलो स्थान हासिल गरे।
  • प्रा.डा. जगदीशचन्द्र पोखरेलले ७७४ मत पाउँदै दोस्रो स्थान प्राप्त गरे भने डा. प्रदीप मिश्रले ४८४ मत ल्याए।
  • डा. नहकुल केसीले ४४७ र सीताराम केसीले ४०१ मत पाएर शीर्ष पाँचमा परे।

२८ असोज, काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य पेशागत (विषय विज्ञ) तर्फ पाँच पदका लागि भएको निर्वाचनको जारी मतगणनामा डा. केदार नरसिंह केसीले सर्वाधिक मत प्राप्त गरेका छन् ।

२ हजार मत गणना हुँदा डा.  केदार नरसिंह केसीले ९०८ मत प्राप्त गरेका हुन् ।

यसैगरी प्रा.डा. जगदीशचन्द्र पोखरेल ७७४ मतसहित दोस्रो स्थानमा छन् ।

त्यस्तै, डा. प्रदीप मिश्रले ४८४, डा. नहकुल केसीले ४४७ र सीताराम केसीले ४०१ मत प्राप्त गरेका छन् ।

प्राप्त मतका आधारमा शीर्ष १० उम्मेदवारको सूची यस्तो छ ।

१. डा. केदार नरसिंह केसी — ९०८ मत

२. प्रा.डा. जगदीशचन्द्र पोखरेल — ७७४ मत

३. डा. प्रदीप मिश्र — ४८४ मत

४. डा. नहकुल केसी — ४४७ मत

५. सीताराम केसी — ४०१ मत

६. केशव निरौला — ३६९ मत

७. सीए पदम भट्टराई — ३६८ मत

८. अधिवक्ता कलमबहादुर खत्री — ३५६ मत

९. भरतराज ढकाल — ३४७ मत

१०. शिवशंकर रिजाल — ३०३ मत

कांग्रेस १५औँ महाधिवेशन विशेष
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?