News Summary
Generated by OK AI. Editorially reviewed.- उदयपुरको बेलका नगरपालिका–१ का धानखेतमा करिब २०–२५ वर्षे जंगली भाले हात्ती मंगलबार मृत अवस्थामा फेला परेको छ।
- डिभिजन वन कार्यालय उदयपुरका प्रमुख गजेन्द्र श्रेष्ठले ‘सानो दारे’ नामको हात्ती कोशीटप्पु वन्यजन्तु आरक्षबाट करिब एक किलोमिटर टाढा मृत भेटिएको बताए।
- प्रारम्भिक अनुमानमा हात्तीको मृत्यु प्राकृतिक कारणले भएको हुनसक्ने देखिएको छ, र कोशीटप्पु वन्यजन्तु आरक्षले आज पोस्टमार्टम गर्नेछ।
२८ असोज, उदयपुर । बेलका नगरपालिका–१ स्थित धानखेतमा वयस्क जंगली भाले हात्ती मृत अवस्थामा फेलापरेको छ ।
‘सानो दारे’ नामले चिनिने करिब २०–२५ वर्षे हात्ती धानखेतमा मंगलबार मृत अवस्थामा भेटिएको हो ।
कोशीटप्पु वन्यजन्तु आरक्षबाट करिब एक किलोमिटर दूरीमा रहेको धानखेतमा जंगली हात्ती मृत भेटिएको डिभिजन वन कार्यालय उदयपुरका प्रमुख गजेन्द्र श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार मृत हात्ती एक वर्षभन्दा बढी समयदेखि आरक्ष क्षेत्रमा बस्दै आएको थियो ।
हात्तीको मृत्यु प्राकृतिक कारणले भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको प्रमुख श्रेष्ठले जानकारी दिए ।
कोशी टप्पुवन्य जन्तु आरक्षबाट परीक्षण (पोस्टमार्टम)पछि हात्तीको मृत्युको वास्तविक कारण पत्ता लाग्ने छ ।
कोशीटप्पु वन्यजन्तु आरक्षको सीमा क्षेत्रमा हात्ती मृत भेटिएकाले त्यसको पोस्टमार्टम आरक्षले आज गर्ने उनले बताए ।
प्रतिक्रिया 4