+
+
Shares

मृत भेटियो जंगली हात्ती ‘सानो दारे’

घटनाबारे जानकारी पाएपछि मृत्युको कारण पत्ता लगाउन पशु चिकित्सकसहितको टोली परिचालन गरिएको वन कार्यालयले जनाएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २७ गते २१:२२

२७ असोज, उदयपुर । ‘सानो दारे’ नामले चिनिने वयस्क जंगली भाले हात्ती मृत अवस्थामा फेला परेको छ । उदयपुरको बेलका नगरपालिका–१ स्थित धानबारीमा मंगलबार साने दारे मृत भेटिएको हो ।

कोशी टप्पु वन्यजन्तु आरक्षको सीमावर्ती क्षेत्रनजिकै सानो दारे हात्ती मृत फेला परेको डिभिजन वन कार्यालय गाईघाटका वन अधिकृत हिरालाल शर्मा जानकारी दिए । मृत भेटिएको स्थान कोशीटप्पु वन्यजन्तु आरक्षबाट करिब एक किलोमिटरको दूरीमा रहेको छ ।

उक्त हात्तीको मृत्युको कारण भने खुल्न सकेको छैन । घटनाबारे जानकारी पाएपछि मृत्युको कारण पत्ता लगाउन पशु चिकित्सकसहितको टोली परिचालन गरिएको वन कार्यालयले जनाएको छ ।

वन अधिकृत शर्माका अनुसार हात्तीको शव परीक्षणपछि मात्रै मृत्युको वास्तविक कारण यकिन हुनेछ । प्रारम्भिक जानकारीअनुसार उक्त हात्ती एक वर्षभन्दा बढी समयदेखि कोशी टप्पु वन्यजन्तु आरक्ष क्षेत्रमा बसोबास गर्दै आएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?