+
+
मोबाइल वर्ल्ड कंग्रेस :

लेनोभोले ल्यायो विश्वकै पहिलो पारदर्शी ल्यापटप, शाओमीको शक्तिशाली स्मार्टफोन

एजेन्सी एजेन्सी
२०८० फागुन १५ गते १३:४०

लेनोभो कम्पनीले विश्वकै पहिलो पारदर्शी ल्यापटप सार्वजनिक गरेको छ । स्पेनको बार्सिलोनामा सोमबारदेखि सुरु भएको मोबाइल वर्ल्ड कंग्रेसको पहिलो दिन लेनोभोले सार्वजनिक गरेको ल्यापटपको डिस्प्ले पारदर्शी छ ।

ल्यापटपको १७.३ इन्चको डिस्प्लेको एकापट्टिबाट अर्कोपट्टि छ्यांगै देखिन्छ । डिस्प्लेको पारदर्शीपन ५५ प्रतिशत रहेको छ । यस ल्यापटपमा ७२० पिक्सेल रिजोलुसन माइक्रो एलइडी सिक्रनको प्रयोग गरिएको छ ।

यो ल्यापटपको डिस्प्ले मात्र नभई किबोर्डको प्यानल पनि पारदर्शी छ । यसमा की हरुलाई लेजरबाट प्रोजेक्ट गरिन्छ ।

यसलाई स्केचप्याडको रुपमा प्रयोग गर्न सकिन्छ र स्टाइलस पनि सपोर्ट गर्दछ । यसमा अन्य फिजिकल किबोर्ड जस्तो थिच्ने किबोर्ड बटन हुनेछैन । यसमा एउटा समतल सतहमा टाइप गर्नुपर्नेछ ।

उक्त Artificial Intelligence Generated Content (AIGC) प्रविधि उपलब्ध हुनेछ ।

यो ल्यापटपमा चेसिसको माथि क्यामरा रहेको छ । उक्त क्यामेराले एआईको प्रयोग गरेर तस्वीर पहिचान गर्नेछ । यो ल्यापटपमा विन्डोज ११ अपरेटिंग सिस्टम रहेको छ .

यद्यपि यो ल्यापटप तत्कालका लागि बजारमा उपलब्ध हुनेछैन । यसको व्यवसायिक उत्पादन कहिलेदेखि हुने भन्ने बारेमा कम्पनीले केहीपनि बताएको छैन ।

शाओमीको शक्तिशाली स्मार्टफोन

उता मोबाइल वर्ल्ड कंग्रेस सुरु हुने अघिल्लो दिन आइतबार चिनियाँ कम्पनी शाओमीले आफ्नो फ्लागशीप स्मार्टफोन सिरिज शाओमी १४ सार्वजनिक गरेको छ ।

शाओमीले १४ सिरिजका दुईवटा स्मार्टफोन लञ्च गरेको हो, जसमा शाओमी १४, शाओमी १४ अल्ट्रा छन् ।

त्यसका साथै कम्पनीले शाओमी प्याड ६एस प्रो १२.४, शाओमी वाच एस थ्री, शाओमी ब्याण्ड ८ प्रो र शाओमी वाच टू पनि सार्वजनिक गरेको छ ।

१४ सिरिज शाओमीको सबैभन्दा शक्तिशाली स्मार्टफोन हो, जसमा ६.३६ इन्चको क्रिस्टलरेस एमोलेड डिस्प्ले रहेको छ ।

शाओमी १४ मा ट्रिपल रियर क्यामरा सेटअप छ, जसमा प्राइमरी क्यामरा  Leica ब्राण्डको रहेको छ । जुन ५० मेगापिक्सेलको अल्ट्रवाइड एंगल लेन्स दिइएको छ ।

यो स्मार्टफोनमा स्नापड्रागन ८ जेन थ्री प्रोसेसर रहेको छ । यसले एन्ड्रोइडमा आधारित शाओमी हाइपर ओएसमा काम गर्दछ ।

४६१० मिलिएम्पियर आवरको ब्याट्री रहेको फोनमा ९० वाट हाइपर चार्ज फिचर छ भने ५० वाट वायरलस हाइपर चार्ज सपोर्ट पनि प्राप्त छ ।

लेखकको बारेमा
एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?