+
+
Shares

प्रधानमन्त्रीले दिए फिल्म ‘तिनीहरू’ लाई अस्कर र प्यासिफिक स्क्रिन अवार्डको लागि शुभकामना

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ २८ गते १३:३९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रधानमन्त्री बालेन शाहले अस्कर सिफारिस र एसिया प्यासिफिक स्क्रिन अवार्ड मनोनयन भएको ‘एलिफेन्ट्स इन द फग : तिनीहरू’ लाई बधाइ दिएका छन्।
  • उहाँले सामाजिक सञ्जालमा ग्राफिक्स तस्वीर सेयर गर्दै फिल्म हेर्न आग्रह गर्नुभएको छ।
  • अविनाशविक्रम शाह निर्देशित यो फिल्म यसअघि कान्समा पुरस्कृत भइसकेको छ र सरकारले नगद राशीसहित पुरस्कृत गरिसकेको छ।

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले नेपालबाट अस्कर अवार्डमा सिफारिस भएको र एसिया प्यासिफिक स्क्रिन अवार्डमा मनोनयन भएको फिल्म ‘एलिफेन्ट्स इन द फग : तिनीहरू’ लाई बधाइ तथा शुभकामना दिएका छन् ।

बालेनले दुवै अवार्डमा सिफारिस र मनोनयन भएको ग्राफिक्स तस्वीर सामाजिक संजालमा सेयर गर्दै फिल्म हेर्न आग्रह गरेका छन् । लेख्छन्- हलमा दोस्रो हप्तामा लाग्दैछ है ।

अविनाशविक्रम शाह निर्देशित यो फिल्म यसअघि फ्रान्सको कान्समा पुरस्कृत भैसकेको छ । सरकारले पनि यो फिल्मलार्ई नगद राशीसहित पुरस्कृत गरिसकेको छ ।

यो फिल्म प्यासिफिक स्क्रिन अवार्डको उत्कृष्ट फिल्म, निर्देशक र अभिनेता विधामा मनोनयन भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?