News Summary
Generated by OK AI. Editorially reviewed.- सडक डिभिजन कार्यालय बैतडीले सम्झौता अवधिभित्र काम नसकेका १० वटा सडक आयोजनाका ठेक्का सम्झौता तोडेको छ।
- कार्यालयले महाकाली, जयपृथ्वी, मध्यपहाडी र सतबाँझ–गोकुलेश्वर–दार्चुला सडकका मर्मत, स्तरोन्नति र सडक सुरक्षा कामको ठेक्का अन्त्य गरेको हो।
- सूचना अधिकारी कपिल प्रशाद पन्तले सम्बन्धित निर्माण व्यवसायीलाई कालोसूचीमा राख्न सिफारिस गरिने र जमानत तथा धरौटी असुल गरिने जानकारी दिए।
२९ भदौ, बैतडी । सडक डिभिजन कार्यालय बैतडीले लामो समयदेखि निर्माण सम्पन्न हुन नसकेका १० वटा सडक आयोजनाका ठेक्का सम्झौता तोडेको छ।
कार्यालयले सोमबार एक सूचना प्रकाशित गर्दै सम्झौता अवधिभित्र काम सम्पन्न नभएका तथा सम्झौता बमोजिम कार्य अघि नबढेका ठेक्का तोडिएको जनाएको हो।
ठेक्का अन्त्य गरिएका आयोजनामा महाकाली राजमार्ग, जयपृथ्वी राजमार्ग, मध्यपहाडी राजमार्ग, महाकाली राजमार्ग र सतबाँझ–गोकुलेश्वर-दार्चुला सडक लगायतका सडकका मर्मत, स्तरोन्नति तथा सडक सुरक्षा सम्बन्धी काम छन्।
सम्बन्धित निर्माण व्यवसायीलाई कालोसूचीमा राख्न सिफारिस गरिने तथा कार्यसम्पादन जमानत, धरौटी र बाँकी पेश्कीसम्बन्धी रकम प्रचलित कानुनअनुसार असुल गरिने सडक डिभिजन कार्यालय बैतडीका सूचना अधिकारी कपिल प्रशाद पन्तले जानकारी दिए।
यस्तो छ सूचना

प्रतिक्रिया 4