+
+
Shares

बैतडीमा भिरबाट लडेर एक जनाको मृत्यु

दिउँसो बाख्रा चराउन गएका बेला उनी १ बजेतिर घर नजिकैको जङ्गलमा रहेको भिरबाट खसेका थिए ।

कृष्ण बिष्ट कृष्ण बिष्ट
२०८३ भदौ १५ गते १७:४०

१५ भदौ, बैतडी । बैतडीमा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ । सिगास गाउँपालिका–२ धौलाडीका ५७ वर्षीय कालुसिंह धामीको सोमबार भिरबाट लडेर मृत्यु भएको हो ।

दिउँसो बाख्रा चराउन गएका बेला उनी १ बजेतिर घर नजिकैको जङ्गलमा रहेको भिरबाट खसेका थिए । उनको घटनास्थलमै मृत्यु भएको वडाध्यक्ष ठगेन्द्र ऐरले जानकारी दिए ।

धामी भिरबाट करिब ४०० मिटर तल खोलामा खसेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?