+
+
Shares

बैतडीमा घर भत्किँदा तीन जना घाइते

अनलाइनखबर अनलाइनखबर
२०८३ असार २२ गते १०:४२

२२ असार, बैतडी । बैतडीको मेलौली नगरपालिका–१ सिटाडमा घर भत्किँदा तीन जना घाइते भएका छन् ।

आइतबार बिहान करिब ४:०५ बजे सुने पार्कीको दुईतले घरको तल्लो भाग भत्किँदा घरभित्र रहेका तीन जना घाइते भएका हुन् ।

घाइते हुनेमा  सुने पार्कीकी १८ वर्षीया छोरी मनीषा, १२ वर्षीया छोरी चाँदनी र २२ वर्षीया बुहारी प्रिया पार्की छन् ।  जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक भुवन प्रसाद तिमिल्सिनाका अनुसार घाइतेहरुमध्ये प्रियाको अवस्था मध्यम छ भने अन्य दुई जनाको अवस्था सामान्य छ।

घाइते तिनै जनालाई उपचारका लागि केशरपुर स्वास्थ्य चौकी मेलौली पठाइएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायब निरीक्षक दिपक रायले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?