News Summary
Generated by OK AI. Editorially reviewed.- बैतडीको सुर्नया गाउँपालिका–५ हरिचनकी ३० वर्षीया गौरा मडैको आइतबार घर नजिकैको गोगनाडी खोला भिरबाट लडेर मृत्यु भएको छ।
- दिउँसो १२ बजेतिर घाँस काट्ने क्रममा लडेकी मडैको टाउकोमा गम्भीर चोट लागेको थियो।
- रौलेश्वर स्वास्थ्यचौकीकी महिला स्वास्थ्य स्वयंसेविका मडैलाई उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको हो।
२८ भदौ, बैतडी । बैतडीमा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ ।
सुर्नया गाउँपालिका–५ हरिचनकी अन्दाजी ३० वर्षीया गौरा मडैको आइतबार भिरबाट लडेर मृत्यु भएको हो ।
आइतबार दिउँसो करिब १२ बजेको समयमा घर नजिकैको गोगनाडी खोला भिरमा घाँस काट्ने क्रममा भिरबाट लडेर गम्भीर घाइते भएकी मडैको उपचारको लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको रौलेश्वर स्वास्थ्यचौकी इन्चार्ज नरेश मडैले जानकारी दिए ।
उनको टाउकोमा गम्भीर चोट लागेको थियो ।
मृतक मडै रौलेश्वर स्वास्थ्य चौकिमा पाँच वर्षदेखि महिला स्वास्थ्य स्वयंसेविकाका रूपमा कार्यरत थिइन् ।
मृतक मडैका घरमा दुई छोरा र श्रीमान् छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4