News Summary
Generated by OK AI. Editorially reviewed.- लगातार वर्षाका कारण बैतडीको नेपाल–भारत जोड्ने सीमानाका झुलाघाट क्षेत्रमा पहिरोको जोखिम बढेको छ ।
- झुलाघाट बजार नजिकैको सडकबाट गएरातिदेखि निरन्तर पहिरो झरिरहेकाले बजार र सडक उच्च जोखिममा परेको सीडीओ मीना अर्यालले बताइन् ।
- आवतजावतमा सहजता ल्याउन नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ, र स्थानीयलाई सतर्क रहन आग्रह गरिएको छ ।
१६ भदौ, बैतडी । नेपाल– भारत जोड्ने सीमानाका बैतडीको झुलाघाट क्षेत्र पहिरोको जोखिममा परेको छ । लगातारको वर्षाका कारण बजार नजिकैको सडकबाट पहिरो झरिरहेपछि बजार क्षेत्र जोखिममा परेको हो ।
गएरातिदेखि निरन्तर वर्षा भइरहेका कारण झुलाघाट बजार नजिकैको सडकमा पहिरो झरिरहेको स्थानीयले बताएका छन् ।
लगातार पहिरो झरिरहेकाले बजार क्षेत्र र सडक पहिरोको उच्च जोखिममा परेको बैतडीका प्रमुख जिल्ला अधिकारी (सीडीओ) मीना अर्यालले जानकारी दिइन् ।
पहिरो निरन्तर खसिरहेकाले जोखिम बढ्दो अवस्थामा रहेको हुनाले आवतजावतमा सहजता ल्याउन नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी अर्यालले बताइन् ।
वर्षा अझै जारी रहेकाले पहिरोको जोखिम बढ्न सक्ने भन्दै स्थानीयलाई सतर्क रहन आग्रह गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4