+
+
Shares

रसुवा बाढी : वीर अस्पतालबाट १२ जना डिस्चार्ज, ५ जना उपचाररत (नामसहित)

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १६ गते १४:५०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रसुवाको बाढीमा उद्धारपछि वीर अस्पताल पुगेका १९ जनामध्ये १२ जना उपचारपछि डिस्चार्ज भएका छन् ।
  • ७० वर्षीय भरत बहादुर नेपालीलाई थप उपचारका लागि ट्रमा सेन्टर रिफर गरिएको छ ।
  • हालसम्म ल्याइएकामध्ये एक जनाको मृत्यु भएको अस्पतालले जनाएको छ ।

१६ भदौ, काठमाडौं । रसुवाको बाढीमा परी उद्धारपछि वीर अस्पताल पुगेका १९ जनामध्ये १२  जना उपचारपछि डिस्चार्ज भएका छन् । मंगलबार बिहानसम्म उपचारत १२ जना डिस्चार्ज भएको अस्पतालले जनाएको हो ।

वीर अस्पतालकी सहायक निर्देशक तथा प्रवक्ता डा. अनिता जिसीका अनुसार बाढीमा परी घाइते भएका ४० वर्षीया छिरिङ छुमो घले, ३ वर्षीया डोना तामाङ र ३ वर्षीया पाल्दुङ तामाङ चोटपटकको उपचारपछि डिस्चार्ज भएका छन् ।

त्यस्तै, २४ वर्षीय विभुषण सुवेदी, ३२ वर्षीय नारायणकृष्ण श्रेष्ठ, ९६ वर्षीया सियाङ ली जुनोन, ५८ वर्षीया लिझी, ५२ वर्षीया चेन फेई, ३५ वर्षीय कृष्ण भट्ट, ३४ वर्षीय कुश कुमार श्रेष्ठ, ४८ वर्षीय नुर्बु घले र ५८ वर्षीय रितेश बहादुर श्रेष्ठलाई पनि उपचारपछि डिस्चार्ज गरी घर पठाइएको छ ।

त्यस्तै, ७० वर्षीय भरत बहादुर नेपालीलाई थप उपचारका लागि ट्रमा सेन्टर रिफर गरिएको अस्पतालले जनाएको छ ।

अस्पतालका अनुसार थप उपचार आवश्यक भएका ५ बिरामीलाई विभिन्न वार्डमा राखेर उपचार भइरहेको छ ।

जसमध्ये ५३ वर्षीय सुमन मिजार र ३५ वर्षीय सुमन खड्कालाई थप उपचारका लागि वीर अस्पतालमै भर्ना गरिएको छ । त्यसैगरी, २६ वर्षीय उत्सव प्याकुरेल आपत्कालीन कक्षमा उपचाररत रहेकामा १५ भदौ साँझ ६ बजे न्युरो सर्जरी वार्डमा भर्ना गरी उपचार भइरहेको अस्पतालको विवरणमा उल्लेख छ ।

त्यस्तै, ७५ वर्षीय गुना केशरी बोहोरा स्वासप्रश्वाससम्बन्धी दीर्घरोगका कारण चिकित्सकको निगरानीमा उपचाररत छन् भने ५३ वर्षीय तुल्सी बहादुर भण्डारीको कानमा चोट लागेकाले उनको पनि उपचार भइरहेको अस्पतालले जनाएको छ ।

यसअघि ३८ वर्षीय विराटमान तामाङको आँखामा चोट लागेपछि थप उपचारका लागि नेपाल आँखा अस्पतालमा रिफर गरिएको थियो ।

त्यस्तै, हालसम्म ल्याइएको मध्ये एकको मृत्यु भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?