News Summary
Generated by OK AI. Editorially reviewed.- यूएईको अबजान क्षेत्रमा ड्रोन अवशेष खस्दा घाइते भएका सातै जना नेपाली उपचारपछि डिस्चार्ज भएका छन्।
- परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले सबै घाइते डिस्चार्ज भइसकेको जानकारी दिए।
- यूएईस्थित नेपाली दूतावासले सबै घाइतेसँग सम्पर्क गरी घटनाबारे जानकारी लिएको थियो।
२२ चैत, काठमाडौं । युनाइटेड अरब इमिरेट्स (यूएई) मा ड्रोन अवशेष खस्दा घाइते भएका सातै जना नेपाली डिस्चार्ज भएका छन् । शुक्रबार अबुधाबीको अबजान क्षेत्रमा ड्रोनको अवशेष खस्दा ७ जना नेपाली सहित १२ जना घाइते भएका थिए ।
घाइतेहरू उपचारपछि ‘डिस्चार्ज’ भइसकेको परराष्ट्र मन्त्रालयले जनाएको छ । ६ जना यसअघि नै डिस्चार्ज भएका थिए भने १ जनाको हातमा चोट लागेका कारण उपचार गराइरहेका थिए ।
ती व्यक्ति डिस्चार्ज भइसकेको परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले बताए । गम्भीर घाइते भएका व्यक्तिको हातमा चोट लागेको थियो । तर, उनी पनि उपचारपछि डिस्चार्ज भइसकेको प्रवक्ता क्षेत्रीले बताए ।
यूएईस्थित नेपाली दूतावास र परराष्ट्र मन्त्रालयले घटनालाई गम्भीर रूपमा लिँदै चासो देखाएको थियो । दूतावासले घाइते भएका सबैसँग सम्पर्क गरेर घटनाबारे जानकारी लिएको थियो ।
प्रतिक्रिया 4