+
+
Shares

जेनजी आन्दोलनका घाइते : समानुपातिकको सूचीमा अटाए, संसद् पुग्लान् ?

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत १ गते १८:४९

१ चैत, काठमाडौं । जेनजी आन्दोलनका घाइते प्रकाश बोहोरा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को तर्फबाट समानुपातिक सूचीमा थिए । तर, आफू सांसद होइन हो वा होइन भनेर अन्योलमा छन् । सोही विषय बुझ्न उनी आइतबार रास्वपा केन्द्रीय कार्यालय पुगेका थिए ।

उनी पुग्दा समानुपातिक सांसदकै नाम तय गर्न रास्वपाको सचिवालय बैठक बसेको थियो ।

सोही बैठकले निर्वाचन आयोगमा नाम पठाउने निर्णय पनि गर्‍यो । तर, आफ्नो नाम परेको, नपरेको बोहोराले थाहा पाएनन् ।

५ महिना अस्पताल बसेर चुनावअघि डिस्चार्ज भएका बोहोरा चुनावी अभियानमा वैशाखी टेकेर होमिएका थिए । खस आर्य समूहको चौथो नम्बरमा उनको नाम थियो ।

तर समानुपातिकबाट समेत गरेर ३३ प्रतिशत महिला लैजानु पर्ने भएपछि उनी नपर्ने देखिएकाले सोधखोज गर्न रास्वपा कार्यालय पुगेका थिए ।

‘जेनजी आन्दोलनको घाइते र शहीदलाई देखाएर मत मागेको हो । चुनावी नारामा अटायौं । मत माग्न अटायौं । सूचीमा पनि अटायौं । अब सांसदमा अटाउछौं कि अटाउदैैनौं हेर्न बाँकी छ,’ उनले भने ।

जेनजी आन्दोलनमा गोली खुट्टामा गोली लागेका उनको खस आर्यको साथै अपाङ्गताको क्लस्टरमा पनि राखेको भए बोहराको सम्भावान हुने थियो । तर आफूलाई अपाङ्गताको क्लस्टरमा नराखिएकोप्रति उनको गुनासो छ ।

केही दिनअघि उनले जेनजी आन्दोलनका घाइते र शहीद परिवारलाई समेट्न पार्टीका उपसभापति डोलप्रसाद अर्याललाई पनि भनेका थिए । ‘मैले भेटेरै कुरा राखेको छु । तर उहाँले संवैधानिक व्यवस्था अनुसार जाने भन्नु भयो,’ बोहोराले भने

नातावाद, कृपावादका विरुद्ध जेनजी आन्दोलन भयो । त्यस अनुसार नै रास्वपाले समानुपातिक सांसद बनाउने पर्ने माग उनको छ । ‘आन्दोलनमा रगतको खोला बग्यो । यसैलाई देखाएर मत मागिएको थियो,’ उनले भने । जेनजी आन्दोलनका प्रकाशको रक्ताम्य भएको जुत्ता आइकन बनेको थियो ।

रास्वपाले दैलेखका प्रकाशसँगै आन्दोलनका अर्का घाइते कालिकोटमा पवन शाहीलाई पनि सामानुपातिकको सूचीमा राखेको छ । शाही खस आर्यको पाँचौ नम्बरमा छन् । तर उनी अपङ्गताको समूहमा पनि समावेश छन् ।

त्यसैगरी जेन–जी सहिद रसिक खतिवडाकी आमा रचना खतिवडा पनि सूचीमा छिन् । काठमाडौंकी उनी खस आर्य महिलाको दोस्रो नम्बरमा छिन् । जेनजी आन्दोलनको घाइते मुकेश अवस्थीको दिदी आकृति अवस्थी खस आर्यको नवौं नम्बरमा छिन् । रास्वपाले कसकसको नाम बुझाएको छ त्यो निर्वाचन आयोगले सार्वजनिक गरेपछि मात्र थाहा हुने भएको छ ।

रास्वपाले समानुपातिक निर्वाचन प्रणालीबाट ४८ महिला र ९ पुरुषको नामावली टुंगो लगाएको प्रवक्ता मनिष झाले जानकारी दिए ।

उनका अनुसार खासआर्यबाट १७, आदिवासी जनजातीबाट १६, मधेशीबाट ९, दलितबाट ८, थारुबाट ४ र मुस्लिम समुदायबाट ३ जनाको नाम टुंगो लगाइएको छ । यी क्लस्टरबाट कोको परे भन्ने रास्वपाले खुलाएको छैन ।

निर्वाचन आयोगले यी नामावली रुजु गरेर अप्रुभ गरेपछि मात्रै नाम सार्वजनिक हुने प्रवक्ता झाले जानकारी दिए ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?