+
+
Shares

यूएईमा भ्रामक सामग्री सञ्जालमा पोष्ट गरेको आरोपमा एक नेपालीसहित ५५ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत १ गते १९:३८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • संयुक्त अरब ईमिरेट्समा सामाजिक सञ्जालमार्फत भ्रामक सामग्री पोष्ट गरेको आरोपमा नेपालीसहित ५५ जना नागरिक पक्राउ परेका छन्।
  • पक्राउ परेकाहरूले एआईमार्फत बनावटी सामग्री बनाएर मिसाइल तथा ड्रोन आक्रमणको प्रशंसा गरेको र राष्ट्रिय सुरक्षामा खतरा पुर्‍याएको आरोप छ।
  • महान्यायाधिवक्ताले यस्ता कार्यमा संलग्नलाई कम्तीमा एक वर्ष कैद र १ लाख दिराम जरिवाना हुने कानूनी व्यवस्था रहेको बताउनुभएको छ।

१ चैत, काठमाडौं । संयुक्त अरब ईमिरेट्स (यूएई) मा सामाजिक सञ्जालमार्फत भ्रामक सामग्री पोष्ट गरेको आरोपमा एक जना नेपालीसहित विभिन्न देशका ५५ जना नागरिक पक्राउ परेका छन् ।

जनमतलाई भ्रामक बनाउने, राष्ट्रिय सुरक्षा र स्थिरतालाई हानि पुर्‍याउने र इरानी आक्रामणको प्रशंसा गर्ने उद्देश्यले डिजिटल सामग्री प्रकाशन र प्रसारण गर्ने काममा संलग्न भएको आरोपमा नेपालीसहित ५५ जनालाई पक्राउ गरिएको यूएईबाट प्रकाशित हुने खालिज टाइम्सले उल्लेख गरेको छ ।

यूएईका महान्यायाधिवक्ता डा. हमद सैफ अल शम्सीको आदेशमा युएईमा नेपालीसहित विभिन्न देशका ५५ जनालाई पक्राउ गरिएको हो । पक्राउ परेकाहरूमाथि अनुसन्धान गर्दै प्रतिवादीहरूलाई विभिन्न कार्य गर्ने तीन समूहमा विभाजन गरिएको थियो ।

जसमा आक्रमण र त्यसको प्रभावको प्रामाणित फुटेज प्रकाशन गर्ने, एआईमार्फत बनावटी सामग्री बनाएर प्रकाशन गर्ने र मिसाइल तथा ड्रोन आक्रमण गर्ने इरानको तारिफ तथा प्रशंसा गर्ने कार्य गरेको पाइएको हो ।

त्यसरी पक्राउ पर्नेहरूमा १ जना नेपालीसहित, फिलिपिनो, भियतनामी, पाकिस्तानी, इरानी, बंगलादेशी, क्यामरून तथा भारतीय नागरिक रहेका छन् । उनीहरूले मिसाइल तथा ड्रोन आक्रमणलाई एआईमार्फत बनाएर सामाजिक सञ्जालमा पोष्ट गरेर समाजमा भ्रम सिर्जना गरेको, क्षेप्यास्त्रहरू प्रहार भइसकेपछि एआईमार्फत नक्कली भिडियो बनाएर पोष्ट परेको अभियोग छ ।

उनीहरूले यसरी समुदायमा चिन्ता र आतंक फैलाएको, देशको सुरक्षाबारे भ्रामक कथाहरू प्रवर्द्धन गर्न शत्रुतापूर्ण सामग्री सार्वजनिक गरेको, विस्फोट, आगलागी र उठिरहेको धुँवाको कृतिम दृश्यहरू बनाएको अभियोग छ ।

सार्वजनिक अभियोजन पक्षले प्रतिवादीहरूसँग सोधपुछ सुरु गरेको र उनीहरूलाई हिरासतमा राख्न आदेश दिएको छ । महान्यायाधिवक्ताले गलत सूचनाको जानाजानी प्रसार, सार्वजनिक सुरक्षामा खतरा, व्यक्तिहरूमाझ डर फैलाउने र सामाजिक स्थिरतालाई कमजोर पार्ने जस्ता कार्यहरू कानून अन्तर्गत कम्तीमा एक वर्ष कैद र कम्तीमा १ लाख दिराम जरिवाना हुन सक्ने यूएईको कानूनी व्यवस्था छ ।

महान्यायाधिवक्ताले सार्वजनिक अभियोजनले साइबरस्पेस वा आधुनिक प्रविधिहरूको दुरुपयोग गरी राज्यको सुरक्षालाई असर गर्ने वा सार्वजनिक व्यवस्थालाई खलल पुर्‍याउने भ्रामक जानकारी वा बनावटी सामग्री फैलाउने काम गरेको जनाएका छन् ।

यस्ता कार्यहरूमा संलग्न भएको प्रमाणित हुने जो कोहीले तुरुन्तै आपराधिक जवाफदेहिताको सामना गर्नुपर्ने महान्यायाधिवक्ताले जनाएका छन् ।

यूएई सरकारले पटक पटक यस्ता खालका कुनै प्रकारका फोटो तथा भिडियोहरू नखिच्न र सामाजिक सञ्जालमा पोष्ट नगर्न अनुरोध गर्दै आएको छ । यस्तो गरेको पाइएमा कडा कारवाही गरिने चेतावनी दिदै समेत आएको छ । तरपनि विभिन्न देशका नागरिकहरू घटनास्थलमा जाने, फोटो तथा भिडियो खिच्ने, एआईमार्फत भ्रामक फोटो तथा भिडियो बनाउने गरेको पाईन्छ । त्यस्तामाथिको कारवाहीलाई समेत तिब्रता पारेको जनाइएको छ ।

यूएईस्थित नेपाली राजदूतावास र नेपाल सरकारले समेत पटक पटक सूचना जारी गर्दै यस्ता खालका गतिविधि नगर्न नेपाली समूदायलाई अनुरोध गर्दै आएको छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?