News Summary
Generated by OK AI. Editorially reviewed.- हुम्लाको खार्पुनाथ गाउँपालिका–४ बाट वडा सदस्य मक्कबहादुर रोकायुलाई भरूवा बन्दुकसहित प्रहरीले पक्राउ गरेको छ।
- पक्राउ परेका रोकायुलाई १ थान भरूवा बन्दुक, १२ थान फलामको रडको गोली, ७ थान ढुंगाको गोली र ११० ग्राम बारूदसहित पक्राउ गरिएको छ।
- डीएसपी शंकर खडकाले स्टेन लल स्टिल लेखेको चुक्कु पनि लुकाइछिपाइ राखेको अवस्थामा फेला परेको जानकारी दिनुभयो।
१९ वैशाख, हुम्ला । हुम्लाको खार्पुनाथ गाउँपालिका–४ बाट भरूवा बन्दुकसहित एक जना वडा सदस्य पक्राउ परेका छन् ।
६३ वर्षीय मक्कबहादुर रोकायालाई प्रहरीले शनिबार पक्राउ गरेको हो ।
रोकाया खार्पुनाथ गाउँपालिकाका सदस्य एवं वडा सदस्य हुन् ।
भरूवा बन्दुक १ थान, फलामको रडको गोली १२ थान, ढुंगाको गोली ७ थानसहित उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।
११० ग्राम बारूद शुद्व तौल ९० ग्राम रहेको स्टेन लल स्टिल नाम लेखेको चुक्कु १ थान लुकाइछिपाइ राखेको अवस्थामा फेला परेको डीएसपी शंकर खडकाले बताए ।
उनीबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4