+
+
Shares

ई–बिडिङ ह्याक प्रकरणमा आशिष निमार्ण सेवाका सञ्चालक पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख १६ गते १६:३९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • ई–बिडिङ ह्याक प्रकरणमा आशिष निर्माण सेवा प्रालिका सञ्चालक ऋषिकेश गौलीलाई केन्द्रीय अनुसन्धान ब्यूरोले पक्राउ गरेको छ।
  • पक्राउ परेका गौलीमाथि सार्वजनिक खरिद अनुगमन कार्यालयको प्रणालीमा अनधिकृत पहुँच पुर्‍याएर ठेक्काका विवरण हेरफेर गरेको आरोप छ।
  • यो प्रकरणमा अहिलेसम्म १३ जना पक्राउ परेका छन् र साइबर तथा संगठित अपराधमा अनुसन्धान भइरहेको छ।

१६ वैशाख, काठमाडौं । ई–बिडिङ ह्याक प्रकरणमा अर्का एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा आशिष निर्माण सेवा प्रालिका सञ्चालक रत्ननगर नगरपालिका–१२ का ७० वर्षीय ऋषिकेश गौली छन् । उनलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पक्राउ गरेको हो । सार्वजनिक खरिद अनुगमन कार्यालयको प्रणालीमा अनधिकृत पहुँच पुर्‍याएर ठेक्काका विवरणहरु हेरफेरको आरोपमा सीआईबीले अनुसन्धान गरिरहेको छ ।

ठेक्काको आर्थिक प्रस्ताव खोल्नु अगावै आर्थिक प्रस्तावको डकुमेन्ट परिवर्तन गरी आफू अनुकल काम गरिएको बताइएको छ। यो प्रकरणमा अहिलेसम्म १३ जना पक्राउ परेका छन् । उनीहरुविरुद्ध साइबर, संगठित अपराधमा अनुसन्धान अघि बढाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?