+
+
Shares

हातखुट्टा बाँधेर छोराबाट बाबुको हत्या, १८ वर्षपछि पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख १८ गते १२:५७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रौतहटको गरुडा नगरपालिका–१ का राम बिलास महतोले २० जेठ २०६४ मा आफ्नै बाबु बिशेश्वर महतोको हातखुट्टा बाँधेर हत्या गरेको आरोप छ।
  • पक्राउ पर्ने राम बिलास महतो १८ वर्षपछि प्रहरीले पक्राउ गरेको रौतहट प्रहरी प्रवक्ता विष्णु प्रसाद बस्यालले बताए।
  • हत्या कारण ऋण र जग्गा विवाद रहेको र अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

१८ वैशाख, काठमाडौं । हातखुट्टा बाँधेर छोराले बाबुको हत्या गरेको १८ वर्षपछि प्रहरीले छोरालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा रौतहटको गरुडा नगरपालिका–१ का ४९ वर्षीय राम बिलास महतो छन् । उनी ३१ वर्षको हुँदा २० जेठ २०६४ मा ६५ वर्षीय बाबु बिशेश्वर महतोको हत्या गरेको आरोप छ । हातखुट्टा बाँधी धारिलो हतियार प्रहार गरी राम बिलासले बाबु बिशेश्वरको हत्या गरको आरोप छ ।

विशेश्वरले गाउँका धेरै मान्छेसँग ऋण लिएको, अड्डा अदालतमा ऋण लिएकै व्यक्तिसँग ‘जग्गा खिचलो भएकोले सम्बन्धित साहुलाई ज्यान मुद्दामा फसाउन सकिन्छ’ भनेर आफ्नै बाबुको हत्या गरेको पाइएको प्रहरीले बताएको छ ।

उनीमाथि ज्यान मुद्दामा अनुसन्धान अघि बढाइएको रौतहट प्रहरीका प्रवक्ता विष्णु प्रसाद बस्यालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?