७ वैशाख, काठमाडौं । ठगीको कसुरमा पेप्सीकोलास्थित स्काई वाल्क टुर्स एण्ड ट्राभल्स प्रालिका सञ्चालक निर्दोष सापकोटा पक्राउ परेका छन् ।
उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पेप्सीकोलाबाट सोमबार पक्राउ गरेको हो । उनले सामाजिक सञ्जाल फेसबुक, टिकटक र इन्स्टाग्राममा उक्त ट्राभन्लसको पेज बनाई बैदेशिक भ्रमणको लाथि सम्पर्क गर्न भनेका थिए ।
थाइल्याण्डको एक हप्ताको प्याकेज भन्दै रकम हाल्न लगाएर उनले ठगी गर्न लगाएको प्रहरीले बताएको छ । उनले अहिलेसम्म २६ जनाबाट १६ लाख ६० हजार ठगी गरेको भन्दै प्रहरीमा उजुरी परेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4