+

राष्ट्रिय प्रत्यारोपण केन्द्रमा ३८औं कलेजो प्रत्यारोपण

२०८३ भदौ  १२ गते ६:२२ २०८३ भदौ १२ गते ६:२२
राष्ट्रिय प्रत्यारोपण केन्द्रमा ३८औं कलेजो प्रत्यारोपण

News Summary

Generated by OK AI. Editorially reviewed.
  • शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा धनुषाका सुरेन्द्र साहको ३८औं कलेजो प्रत्यारोपण साउन २७ गते भएको छ।
  • ४८ वर्षीय साहलाई ३५ वर्षीय पत्नी कृष्ण देवी साहले आधा कलेजो दान गरेकी हुन्।
  • साह भदौ ८ गते र दाता कृष्ण देवी ११ गते अस्पतालबाट डिस्चार्ज भएका छन्।

१२ भदौ, काठमाडौं । भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा ३८औं कलेजो प्रत्यारोपण भएको छ । धनुषा सुरेन्द्र शाहको साउन २७ गते कलेजो प्रत्यारोपण भएको थियो । ४८ वर्षीय साहलाई उनकी श्रीमती ३५ वर्षीय कृष्ण देवी साहले आधा कलेजो दान गरेकी हुन् ।

साह भदौ ८ गते अस्पतालबाट डिस्चार्ज भएका छन् । दाता कृष्ण देवी ११ गते डिस्चार्ज भएकी थिइन् ।

कलेजो प्रत्यारोपण सर्जन डा. राम बाबु साहको नेतृत्वको टोलीले प्रत्यारोपण गरेको थियो ।

स्थापनाको १४ वर्षमा प्रत्यारोपण केन्द्रले १६७९ जनाको मिर्गौला र ३८ जनाको कलेजो प्रत्यारोपण गरेको केन्द्रका कार्यकारी निर्देशक डा कल्पना कुमारी श्रेष्ठले जानकारी दिइन् ।

डिस्चार्ज प्रत्यारोपण
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय