११ भदौ, काठमाडौं । बाढीबाट प्रभावित घाइतेहरूको उपचारमा रगतको अभाव हुन नदिन वाईसीएल नेपालले आपतकालीन रक्तदान कार्यक्रम आयोजना गरेको छ। केन्द्रीय कार्यालय पेरिसडाँडामा आज आयोजित रक्तदान कार्यक्रममा १७० जनाले रक्तदान गरेको वाईसीएलका केन्द्रीय सचिव धिरज उपरकोटीले जानकारी दिए ।
बाढी प्रभावितको उद्धार, राहत र सहयोगका लागि आफ्नो संगठनका ६०० स्वयंसेवक परिचालन भएको वाईसीएल नेपालका केन्द्रीय अध्यक्ष पुष्प ओलीले बताए ।
जिल्ला प्रशासन, सुरक्षा निकाय तथा स्थानीय तहसँग समन्वय गरी रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनलगायतका जिल्ला वाईसीएसको टोली खटिएको उनको भनाइ छ ।
प्रतिक्रिया 4