+

त्रिवि शिक्षण अस्पताल पुगिन् स्वास्थ्य मन्त्री मेहता

२०८३ भदौ  १० गते २०:२८ २०८३ भदौ १० गते २०:२८
त्रिवि शिक्षण अस्पताल पुगिन् स्वास्थ्य मन्त्री मेहता

News Summary

Generated by OK AI. Editorially reviewed.
  • स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता घाइतेको अवस्था बुझ्न त्रिवि शिक्षण अस्पताल पुगेकी छिन्।

१० भदौ, काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता त्रिवि शिक्षण अस्पताल पुगेकी छिन् । भोटेकोशी–त्रिशुलीमा आएको भीषण बाढीमा परेका घाइतेको अवस्था बुझ्न  मन्त्री मेहता केहीबेर अघि अस्पताल पुगेको उनको सचिवालयले जानकारी दिएको छ । अस्पताल पुगेर उनले घाइतेको अवस्था र उपचार प्रक्रियाबारे जानकारी लिएकी हुन् ।

त्रिवि शिक्षण अस्पतालमा बाढीमा परेका २१ जना घाइतेको उपचार भइरहेको छ ।

बाढीका कारण अहिलेसम्म ९५ जनाको मृत्यु भएको सरकारले पुष्टि गरेको छ । ६३ जना घाइतेको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

निशा मेहता शिक्षण अस्पताल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय