News Summary
Generated by OK AI. Editorially reviewed.- आईपीएल २०२७ अघि हार्दिक पाण्ड्या मुम्बई इन्डियन्समै कप्तानीबिनै रहने सम्भावना बलियो देखिएको टाइम्स अफ इन्डियाले जनाएको छ।
- मुम्बई इन्डियन्सले सन् २०२४ देखि मुख्य प्रशिक्षक महेला जयवर्धनेलाई अर्को एक सिजन निरन्तरता दिने तयारी गरेको छ।
- आईपीएल २०२६ मा मुम्बई इन्डियन्सले १४ मध्ये ४ खेल जित्दै नवौं स्थानमा सिजन टुंग्याएको थियो, र हार्दिकको ट्रेडबारे ठोस प्रगति भएको छैन।
१६ भदौ, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२७ अघि हार्दिक पाण्ड्याको ट्रेडबारे चर्चा भइरहे पनि उनी कप्तानीबिनै मुम्बई इन्डियन्समै रहने सम्भावना बलियो देखिएको भारतीय सञ्चारमाध्यम टाइम्स अफ इन्डिया ले जनाएको छ ।
रिपोर्टअनुसार मुम्बई इन्डियन्सले सन् २०२४ मा मुख्य प्रशिक्षक बनेका महेला जयवर्धनेलाई अर्को एक सिजन निरन्तरता दिने तयारी गरेको छ । उनले गरेको सम्झौताको अन्तिम विकल्प प्रयोग गर्नेबारे औपचारिक घोषणा आगामी महिना हुन सक्ने बताइएको छ।
आईपीएल २०२६ मुम्बईका लागि निराशाजनक रह्यो । टोलीले १४ मध्ये चार खेल मात्र जित्दै नवौं स्थानमा प्रतियोगिता टुंग्याएको थियो । चोट, खेलाडी उपलब्धता र ड्रेसिङ रुमको असन्तुष्टिले टोलीको प्रदर्शन प्रभावित बनेको थियो ।
त्यसयता हार्दिकको सम्भावित ट्रेडबारे धेरै चर्चा भए पनि अहिलेसम्म कुनै ठोस प्रगति भएको छैन । कोलकाता नाइट राइडर्ससँग प्रारम्भिक संवाद भए पनि मुम्बईलाई उपयुक्त विनिमय खेलाडी नपाएकाले प्रक्रिया अघि नबढेको जनाइएको छ ।
क्यामरन ग्रीनको नाम प्रस्तावमा आए पनि आगामी वर्ष अस्ट्रेलियाको व्यस्त टेस्ट तालिकाका कारण मुम्बई उनको कार्यभारप्रति सतर्क रहेको बताइएको छ ।
मुम्बई व्यवस्थापनले भने हार्दिकलाई खेलाडीका रूपमा राख्ने पक्षमा रहेको स्रोतको दाबी छ । टोलीले नयाँ कप्तान नियुक्त गरेर नयाँ दिशामा अघि बढ्ने योजना बनाइरहेको छ । पूर्वकप्तान रोहित शर्मासँग पनि यसबारे छलफल भएको जनाइए पनि उनले पुनः कप्तानी सम्हाल्न इच्छुक नरहेको रिपोर्टमा उल्लेख छ ।
नयाँ कप्तानका लागि तिलक वर्मा र जसप्रित बुमराह प्रमुख विकल्प मानिएका छन्, जसमा तिलक वर्मा अग्रस्थानमा रहेको बताइएको छ ।
यस्तै प्रशिक्षकमा महेला जयवर्धनेको निरन्तरता रहने कुरा पनि रिपोर्टमा उल्लेख गरिएको छ ।
प्रतिक्रिया 4