+
+

इन्स्टाग्राममा तस्वीर कसरी क्रप गर्ने ?

एजेन्सी एजेन्सी
२०८० चैत ३ गते १४:४१

फोटो शेयरिङ एप इन्स्टामा आफ्नो गज्जबको तस्वीर राखेर सबैको ध्यान तान्ने रहर कसलाई पो हुँदैन र ?

खिचिएको आफ्नो उत्कृष्ट तस्वीरलाई इन्स्टाग्राममा पोस्ट गर्ने बेलामा समेत थप केही मिहिनेत गरियो भने त्यो गज्जबको हुन्छ ।

फोटोलाई क्रप गर्नाले यसको कम्पोजिसनलाई बढावा दिने र केन्द्रविन्दुतर्फ मानिसको ध्यान आकर्षित गर्दछ ।

इन्स्टाग्राम एपले प्रयोगकर्तालाई एपभित्रै फोटो क्रप गरेर शेयर गर्नका लागि उत्तम बनाउने सुविधा प्रदान गरेको छ ।

इन्स्टाग्राममा यसरी फोटो क्रप गर्न सकिन्छ :

  • सुरुमा इन्स्टाग्राम एप खोल्नुहोस् र नयाँ पोस्ट create गर्नुहोस् । यसमा तपाईंले आफ्नो फोनमा रहेको तस्वीर छान्न वा एपभित्रै रहेर एउटा नयाँ तस्वीर खिच्न सक्नुहुन्छ।
  • त्यसरी तस्वीर छानिसकेपछि Edit अप्सनमा मा ट्याप गर्नुहोस्, जुन स्क्रिनको पिंधमा हुन्छ।
  • त्यसपछि क्रप आइकनमा जानुहोस् । इन्स्टाग्राममा विभिन्न पूर्वनिर्धारित क्रप अनुपातहरु उपलब्ध हुन्छन् र त्यसबाट तपाईंले कुनै एक छान्न सक्नुहुन्छ । त्यसमा square (1:1), portrait (4:5)  /  landscape (16:9) लगायतका विकल्प रहन्छन् ।
  • त्यसपछि तपाईंले तस्वीरको फ्रेम एडजस्ट गरेर आफ्नो छनोट अनुसार कम्पोज गर्न सक्नुहुन्छ।
  • आफूले चाहे अनुसारको परिवर्तन गरेपछि Done अप्सनमा ट्याप गर्नुहोस् । यसो गर्दा तपाईंले गरेका परिवर्तन सुरक्षित हुनेछन् ।
  • यसबाट तपाईंको तस्वीर अब उपयुक्त तरिकाले क्रप भएको छ र इन्स्टाग्राममा शेयर गर्नका लागि तयार छ ।
लेखकको बारेमा
एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?