+
+
Shares

कंगोको किभु तालमा डुङ्गा पल्टिँदा १२ जनाको मृत्यु, दर्जनौँ बेपत्ता

पूर्वी कङ्गोको किभु तालमा व्यापारीहरू बोकेको डुङ्गा पल्टिँदा कम्तीमा १२ जनाको मृत्यु भएको छ भने दर्जनौँ यात्रु बेपत्ता भएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज ११ गते १८:०८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पूर्वी कङ्गोको किभु तालमा व्यापारी बोकेको डुङ्गा पल्टिँदा कम्तीमा १२ जनाको मृत्यु भएको छ भने दर्जनौँ यात्रु बेपत्ता भएका छन्।
  • दुर्घटनामा ५० भन्दाबढी व्यक्ति सवार थिए र करिब १५ जनालाई सकुशल उद्धार गरिएको किशेके गाउँका प्रमुख फेलिक्स हाबिरागीले बताए।
  • स्थानीय प्रशासक मुहिन्डो नताम्बुका पास्कलका अनुसार डुङ्गा इड्ज्वी टापुको बुविनाबाट बोजातर्फ माछा व्यापारी र सामान ओसारपसार गरिरहेको थियो।

११ असोज, बुकाभु (कङ्गो) (रासस/एपी)। पूर्वी कङ्गोको किभु तालमा व्यापारीहरू बोकेको डुङ्गा पल्टिँदा कम्तीमा १२ जनाको मृत्यु भएको छ भने दर्जनौँ यात्रु बेपत्ता भएका छन् ।

दुर्घटनास्थल नजिकै रहेको किशेके गाउँका प्रमुख फेलिक्स हाबिरागीका अनुसार शनिबार राति साउथ किभु प्रान्तस्थित इड्ज्वी टापु नजिक डुङ्गा दुर्घटनामा परेको हो । डुङ्गामा ५० भन्दाबढी व्यक्ति सवार थिए ।

हाबिरागीले हालसम्म करिब १५ जनाको सकुशल उद्धार गरिएको जानकारी दिनुभएको छ । दुर्घटनाको कारण भने तत्काल खुल्न सकेको छैन ।

स्थानीय प्रशासक मुहिन्डो नताम्बुका पास्कलका अनुसार उक्त डुङ्गाले इड्ज्वी टापुको बुविनाबाट बोजातर्फ माछा व्यापारी तथा विभिन्न सामान ओसारपसार गरिरहेको थियो ।

कङ्गोमा डुङ्गा दुर्घटनाबाट हुने मानवीय क्षति बारम्बार हुने गरेको छ । १० करोडभन्दा बढी जनसङ्ख्या भएको यस देशमा नदी र तालहरू यातायातका प्रमुख माध्यम भएकाले यस्ता दुर्घटनाहरू पटक–पटक हुने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?