+
+

यी हुन् विश्वमा सर्वाधिक लोकप्रिय १० इन्टरनेट सर्च इन्जिन

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन १० गते १३:४३

इन्टरनेटको दुनियामा सर्च इन्जिनहरु ऋाम प्रयोगकर्ताको जिज्ञासा मेटाउने ज्ञान र सूचनाका भण्डार बनेका छन् । हामीले सर्च इन्जिन भन्ने बित्तिकै गुगललाई पर्यावाची जस्तै ठान्छौं । तर इन्टरनेटको दुनियाँमा केवल गुगल मात्रै एक्लो सर्च इन्जिन होइन ।

गुगल र बिंगका अलावा अन्य धेरै सर्च इन्जिनहरु पनि अस्तित्वमा छन्, जसको नाम तपाईंले खासै नसुन्नुभएको हुनसक्छ तर दैनिक दशौं लाखले ती प्लाटर्फम प्रयोग गर्दछन् ।

इन्टरनेटको दुनियाँमा दर्जनौं सर्च इन्जिन अस्तित्वमा रहेका भए पनि गुगल अकन्टक बादशाह हो । गुगलको बजार हिस्सा ९१.५८ प्रतिशत रहँदा दोस्रो स्थानको बिंगको बजार हिस्सा केवल ३.०१ प्रतिशत मात्रै छ ।

लोकप्रियताको आधारमा विश्वका शीर्ष १० सर्च इन्जिन यी हुन् :

· गुगल
· माइक्रोसफ्ट बिंग
· याहु
· बाइडु
· यान्डेक्स
· डकडकगो
· आस्क डटकम
· इकोसिया
· एओल डटकम
· इन्टरनेट आर्काइभ

स्टाटिस्टाको तथ्यांक अनुसार डेस्कटप, मोबाइल तथा ट्याबलेट सबै प्लाटर्फममा गुगल नै सर्वाधिक लोकप्रिय सर्च इन्जिनको रुपमा रहेको छ ।

डेस्कटपमा गुगलको बजार हिस्सा ८१.७४ प्रतिशत रहँदा मोबाइलमा ९५.४९ प्रतिशत रहेको छ । गुगलमा दैनिक करिब साढे ३ अर्ब वटा सर्च गरिन्छन् भने गुगलमा सयौं टेराबाइट सूचना संग्रहित छ ।

दोस्रो स्थानको माइक्रोसफ्ट बिंगको बजार हिस्सा डेस्कटपमा १०.५२ प्रतिशत र मोबाइलमा ०.५३ प्रतिशत छ ।

सर्च इन्जिनको बजारमा तेस्रो स्थानमा रहेको याहुको बजार हिस्सा डेस्कटपतर्फ २.८ प्रतिशत र मोबाइलतर्फ ०.४८ प्रतिशत रहेको छ भने चौथो स्थानको यान्डेक्सको बजार हिस्सा डेस्कटपमा २.३५ प्रतिशत र मोबाइलमा १.३९ प्रतिशत रहेको छ ।

तथ्यांक अनुसार अर्को सर्च इन्जिन डकडकगोको बजार हिस्सा डेस्कटपतर्फ ०.८४ प्रतिशत र मोबाइलमा ०.४४ प्रतिशत छ बाइडुको बजार हिस्सा डेस्कटपमा ०.८४ प्रतिशत र मोबाइलमा १.०३ प्रतिशत रहेको छ ।

त्यसैगरी इकोसियाको बजार हिस्सा ०.१० प्रतिशत र एओएल डटकमको ०.०५ प्रतिशत रहेको छ । अन्तिम स्थानमा चाहिं गैरनाफामूलक सर्च इन्जिन इन्टरनेट आर्काइभ रहेको छ ।

-एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?