+
+

यी पाँच गल्ती, जसले ल्यापटपको ब्याट्री बिगार्छ

एजेन्सी एजेन्सी
२०८० फागुन ७ गते १०:१४

यदि तपाईंले ल्यापटप प्रयोग गर्नुहुन्छ भने ल्यापटपको ब्याट्री छिटै रित्तिने र लामो समयसम्म चार्ज नटिक्ने समस्या भोग्नुभएको होला ।

तपाईंका केही गल्तीले यस्तो नतिजा आएको हुनसक्छ । तपाईंले गर्ने यस्ता केही गल्तीहरु हुन्छन् जसले गर्दा तपाईंको ल्यापटपको ब्याट्री छिटो रित्तिन्छ र ल्यापटपलाई छिटो छिटो चार्ज गर्नुपर्ने हुन्छ । ती पाँच गल्ती यस्ता छन् :

· अत्यधिक गेमिङ : यदि तपाईंले आफ्नो ल्यापटपमा आवश्यकताभन्दा धेरै गेमिङ गरिरहनुभएको छ भने यसले प्रोसेसरमा अत्यधिक दबाब पर्दछ । प्रोसेसरमा धेरै चाप पर्दा ल्यापटप बढी तात्दछ र यसको सीधा असर ब्याट्रीमा पर्दछ । यसको नतिजास्वरुप ब्याट्रीको तापक्रम पनि बढ्दछ र ब्याट्रीको आयु कम हुन्छ ।

· अत्यधिक तापक्रम : यदि तपाईंले आफ्नो ल्यापटपलाई अधिक तापक्रम भएको ठाउँमा राखेर पटक पटक प्रयोग गर्नुहुन्छ भने त्यसले पनि ल्यापटपको तापक्रम बढाउाछ र ब्याट्री खराब हुन थाल्छ । यदि तपाईंले लामो समयसम्म यो लापरवाही गर्नुभयो भने केही महिनामै तपाईंको ल्यापटपको ब्याट्री बिग्रिनेछ ।

· भिडियो एडिटिङ : यदि तपाईंको ल्यापटपमा स्टोरेजको कमी छ र त्यसको बाबजुत पनि तपाईंले त्यसमा भिडियो एडिट गर्ने कोसिस गरिरहनुभएको छ भने यसबाट प्रोसेसरमा दबाब पर्नेछ । दबाबका कारणबाट ल्यापटपको ब्याट्री तात्नेछ । फलस्वरुप ब्याट्री लाइफमा क्षयीकरण हुनेछ ।

· अत्यधिक स्टोरेज : यदि तपाईंको ल्यापटप स्टोरेजले भरिएको छ भने यसको कारणबाट प्रोसेसरलाई काम गर्ने बेलामा निकै बोझ झेल्नुपर्छ । यस्तोमा ल्यापटप तात्दछ र त्यसबाट ब्याट्री पनि प्रभावित भई विस्तारै बिग्रिन थाल्दछ ।

· कमसल चार्जर : यदि तपाईं आफ्नो ल्यापटपमा सम्बन्धित ब्राण्डका अलावा कुनै कमसल लोकल चार्जरको प्रयोग गर्नुहुन्छ भने तपाईंले बुझ्नुस् कि तपाईंको ल्यापटपको ब्याट्री विस्तारै खराब भैरहेको हुनेछ । वास्तवमा ल्यापटपको ब्याट्री चार्ज गर्नका लागि कमसल चार्जरले आवश्यक ऊर्जा आपूर्ति गर्न सक्दैन जसका कारण ल्यापटपको ब्याट्री तात्दछ र बिग्रिन थाल्छ ।

लेखकको बारेमा
एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?