+
+

तयार भयो ३२ सय मेगापिक्सेलको संसारकै ठूलो डिजिटल क्यामरा, खोल्नेछ ब्रम्हाण्डको रहस्य

एजेन्सी एजेन्सी
२०८१ वैशाख १ गते ६:५८

अन्तरिक्षको अध्ययनका लागि वैज्ञानिकहरुले विश्वकै सबैभन्दा ठूलो डिजिटल क्यामरा निर्माण गरेका छन् । उक्त क्यामराको लेन्स ३२ सय मेगापिक्सेलको छ ।

एलएसएसटी नामको उक्त क्यामरालाई दक्षिण अमेरिकी मुलुक चिलीमा रहेको भेरा सी रुबिन अब्जरभेटरीमा राखिनेछ ।

यो क्यामराले ब्रम्हाण्डका रहस्यहरुको खुलासा गर्ने अपेक्षा गरिएको छ । यो क्यामरा तयार पार्नका लागि वैज्ञानिकहरुले २० वर्षको समय लगाएका थिए । यसलाई रुबिन अब्जरर्भेटरीस्थित सिमोनी सर्भे टेलिस्कोपमा राखिनेछ । यो क्यामराले अन्तरीक्षको एचडी तस्वीर खिच्ने अपेक्षा वैज्ञानिकको छ ।

यो क्यामराले डार्क म्याटर, डार्क इनर्जी, आकाशगंगा तथा सौर्यमण्डलको अध्ययन गर्नमा सहयोग गर्नेछ, र त्यसको शानदार तस्वीर खिच्नेछ ।

उक्त क्यामरा बनाउनका लागि अमेरिकाको नेशनल साइन्स फाउन्डेसन र अमेरिकी ऊर्जा मन्त्रालयले सहयोग गरेका छन् ।

NSF NOIRLab ले सो क्यामराको निर्माण गरेको हो । क्यामराको आकार एउटा सानो कार जत्रै छ। क्यामराको वजन ३ हजार केजी छ ।

यसको अगाडिको लेन्सको व्यास १.५ मिटर अर्थात् ५ फिटको छ । त्यस्तै दोस्रो लेन्स ३ फिट चौडा छ । यी दुबै लेन्सलाई विशेष प्रकारले तयार गरिएका भ्याकुम च्याम्बरमा सेट गरिएको छ। यो क्यामरालाई प्याक गरेर ८ हजार ९८० फिट उचाइँमा रहेको टेलिस्कोप सम्म पूराइनेछ।

यो क्यामरा चिलीको एन्डिज पर्वतमा रहेको सेरो पेचोनमा लगिनेछ र त्यहाँ रहेको सिमोनी सर्भे टेलिस्कोपमा जडान गरिनेछ । अर्थात् यसले तत्कालैबाट अन्तरिक्षको तस्वीर लिन सुरु गर्नेछ ।

युनिभर्सिटी अफ वाशिंटनका प्राध्यापक जेल्को इभेजिकका अनुसार क्यामराले अन्तरीक्षका नयाँ फिल्महरु ब्नाउनेछ, गज्जबका तस्वीर तथा भिडियोहरु कैद गर्नैछ ।

यो क्यामराबाट कैद गरिएका तस्वीरहरु यतिधेरै विस्तृत हुनेछन् कि तपाइँले २५ किलोमिटरको दूरी टाढा रहेको गल्फ बलको समेत एचडी तस्वीर खिच्न सक्नुहुनेछ । यसले पूर्णिमाको चन्द्रमाको गज्जको तस्वीर लिनसक्छ।

लेखकको बारेमा
एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?