Comments Add Comment

सूचना प्रविधि

List Grid
चीनमा इन्टरनेट प्रयोगकर्ताको संख्या साढे ८५ करोड

फाइभ जी नेटवर्कमार्फत इन्टरनेट प्रविधिमा नयाँ फड्को मार्ने तयारीमा रहेको चीनमा इन्टरनेट प्रयोगकर्ताको संख्या ८५ करोड नाघेको छ । चिनियाँ सरकारी सञ्चार माध्यमका अनुसार पछिल्लो एक वर्षमा चिनियाँ इन्टरनेट प्रयोगकर्ताको संख्यामा २५.९८ प्रतिशतले वृद्धि भई ८५ करोड ४० लाख पुगेको हो । चाइना इन्टरनेट नेटवर्क इन्फर्मेसन सेन्टरका अनुसार चीनमा इन्टरनेट उपलब्धता दरमा १.६ प्रतिशतले वृद्धि […]

१९ वर्षको भयो दुनियाँकै लोकप्रिय मोबाइल फोन नोकिया ३३१०

नोकिया कम्पनीको आइकनिक नोकिया ३३१० मोबाइल फोनले १९ वर्ष पूरा गरेको छ । सन् २००० को सेप्टेम्बर १ मा लञ्च भएको नोकिया ३३१० विश्वको मोबाइल फोनको इतिहासमा सर्वाधिक लोकप्रिय मध्येको एक फोन हो । सन् २००० मा यो फोन निलो रङ तथा हरियो स्क्रिनलाइट सहित बजारमा आएको थियो । यस फोनमा ‘स्नेक गेम’ थियो, जुन […]

आइफोन ११ सेप्टेम्बर १० मा आउने

काठमाडौं । एप्पलले आगामी सेप्टेम्बर १० मा आफ्ना तीनवटा नयाँ आइफोन सार्वजनिक गर्ने भएको छ । यसका लागि एप्पलले औपचारिक रुपमा मिडियाहरुलाई निम्तो पठाएको छ । एप्पलले मिडियाहरुलाई पठाएको निमन्त्रणमा भनिएको छ, ‘कृपया आगामी सेप्टेम्बर १० तारेख बिहान १० बजे कुपर्टिनोस्थित स्टिभ जब्स थिएटरमा हुने विशेष कार्यक्रममा सहभागी हुनुहोला ।’ उक्त कार्यक्रममा एप्पलले तीनवटा नयाँ […]

लाइसेन्स नवीकरण र ओटीटीले घटेको टेलिकमको नाफा फोरजीले बढाउने दाबी

नेपाल टेलिकमले आफ्नो आम्दानी र नाफा घट्नुमा मोबाइल सेवाको अनुमति पत्र नविकरण र ओभर दी टप (ओटीटी) सेवा कारक रहेको स्पष्टिकरण दिएको छ । कम्पनीले आर्थिक वर्ष २०७५/७६ को चौथो त्रैमासिक अवधिको अपरिस्कृत वित्तीय विवरणहरूमा कम्पनीका प्रमुख वित्तीय सूचकाङ्कहरूको अवस्थालाई प्रष्ट्याउन आवश्यक देखिएको भन्दै अनुमतिपत्र नविकरण दस्तुर र कर समायोजनले गर्दा बढेको खर्च तथा प्रविधिगत […]

दराजले सन् २०२२सम्म १ लाख रोजगार सिर्जना गर्ने

१२ भदौ, काठमाडौं । दराजले काठमाडौँको मरियट होटेलमा प्रेस सम्मेलन आयोजना गर्‍यो । उक्त सम्मेलन दराजका ग्लोबल सीइओ ब्यार्के मिकेल्सन, दराज नेपालका प्रबन्धक लिनो अर्लिङ्ग र जय कविले संचालन गरेका थिए । कार्यक्रममा मूख्यवक्ताका रुपमा नेपाल सरकार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय का उपसचिव बुद्धिप्रसाद उपाध्याय, शाखा अधिकृत आश्विनकुमार पोखरेल, सामसङका महाप्रबन्धक आइएमबिज प्रणय रत्न […]

स्मार्टफोनको कारखाना चीनबाट भियतनाम सार्दै गुगल

गुगलले आफ्नो पिक्सेल स्मार्टफोनको उत्पादन कारखाना चीनबाट भियतनाम सार्ने भएको छ । दक्षिणपूर्वी एसियामा सस्तो मूल्य श्रृंखला निर्माणका लागि गुगलले भियतनामा कारखाना स्थापना गर्ने निर्णय गरेको हो । यही वर्षबाटै कारखाना सार्ने कार्यको सुरुवात हुनेछ । पछिल्लो समयमा अमेरिका र चीनबीचको व्यापार युद्धका कारण करलगायतका खर्चमा भएको वृद्धिका साथै चीनमा श्रमिकको ज्यालामा बढोत्तरीका कारण गुगलले […]

अब प्रति एमबी ३ पैसामा टेलिकमको इन्टरनेट सेवा

नेपाल टेलिकमले निकै सहुलियत दरमा ग्राहकहरुलाई इन्टरनेट सेवा उपलब्ध गराइरहेको छ । दैनिक रुपमा प्रयोग गर्न सकिने गरी कम्पनीले ‘प्रतिदिन एक जिबी डाटा’ प्याकेज योजना अन्तर्गत सस्तो दरमा इन्टरनेट प्रयोग गर्न सकिने सुविधा उपलब्ध गराएको हो । कुनै अत्यावश्यक काम पर्यो वा कतै कुरेर बस्नुपर्दा इन्टरनेटको प्रयोग गर्नुपर्यो भने तत्काल यो सुविधा प्रयोगमा ल्याउन सकिन्छ […]

फेसबुकले ल्याउँदैछ नयाँ मेसेजिङ एप

सोसल मिडिया कम्पनी फेसबुकले एउटा नयाँ मेसेजिङ एपको निर्माणमा काम गरिरहेको छ । उक्त एपको माध्यमले प्रयोगकर्ताहरुले आफ्नो नजिकका साथीहरुसँग अधिक जानकारी शेयर गर्न सक्नेछन् । उक्त एपको नाम Threads हुने बताइएको छ । इन्स्टाग्रामको सिस्टम एपको रुपमा यो मेसेजिङ एपलाई फेसबुकले पेश गर्ने द भर्जमा प्रकाशित एक रिपोर्टमा उल्लेख छ । थ्रेड एपलाई यस्तो […]

पढेपछि आफै डिलिट हुने गोप्य मेसेज, यसरी पठाउनुस् जिमेलमा

आफ्नो लोकप्रिय इमेल सर्भिस जिमेलका लागि गुगलले गत वर्ष विशेष खालको गोपनियता फिचर ल्यायो । उक्त कन्फिडेन्सन मोडको सहायाले प्रयोगकर्ताले जिमेलमा यस्तो मेसेज पठाउन सक्दछन् जुन प्रापकले पढेसँगै निष्कृय हुन्छन् र त्यसलाई प्रापकले कपी, फरवार्ड तथा डाउनलोड गर्न सक्दैन । यो फिचर फेरि एकपटक चर्चामा छ, किनकी बिजनेसका लागि जिमेललाई प्रयोग गर्ने जि सुइट प्रयोगकर्ताले […]

पावरफुल डिजाइनका ग्यालेक्सी नोट १० बजारमा, यस्ता छन् विशेषता

सामसङ इलेक्ट्रोनिक्सले आजबाट ग्यालेक्सी नोट १० र नोट १० प्लसलाई नेपाली बजारमा ल्याएको छ । काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरी सामसङले आफ्नो नयाँ स्मार्ट फोन आजैबाट उपलब्ध हुने बताएको छ । बेस्ट–अफ–द–बेस्ट प्रविधि एवं सुविधाहरूका साथ आउनुपर्ने मान्यताका साथ अगाडि बढ्दै आएको ग्यालेक्सी नोट १० स्मार्ट फोनका नयाँ पारखीहरु माझ आएको हो । सामसङ नेपालका […]

आइफोनमा आउँदैछ यस्तो फिचर, जसलाई स्टिभ जब्सले घृणा गर्थे

दुनियाँको सबैभन्दा मूल्यवान स्मार्टफोन ब्राण्डको रुपमा एप्पललाई सर्वश्रेष्ठ कम्पनीको रूपमा खडा गर्ने श्रेय यसका संस्थापक स्टिभ जब्सलाई जान्छ । जब्सले स्मार्टफोनलाई नयाँ अवतार दिए र पहिलोपटक पूर्णरुपमा टच स्क्रिनवाला स्मार्टफोन बजारमा ल्याए । स्मार्टफोनमा नयाँ युगको सुरुआत गर्ने स्टिभ जब्सलाई फोनमा केही फिचरहरु पटक्कै मन पर्दैनथ्यो । तर आइफोनका जन्मदाता तिनै स्टिभ जब्सलाई मन नपर्ने […]

गुगलले तोड्यो परम्परा, एन्ड्रोइड क्यू को साटो एन्ड्रोइड १०

गुगलको आगामी एन्ड्रोइड अपरेटिङ सिस्टमको नाम एन्ड्रोइड १० हुने भएको छ । बिहीबार एक घोषणा गर्दै गुगलले आगामी नयाँ संस्करणको अपरेटिङ सिस्टमको नाम एन्ड्रोइड क्यू नभई एन्ड्रोइड टेन रहने जानकारी गराएको हो । एन्ड्रोइड प्रडक्ट म्यानेजमेन्टका उपाध्यक्ष समिर सामतले एक ब्लग पोष्टमा भनेका छन्, ‘एउटा विश्वव्यापी अपरेटिङ सिस्टमको रुपमा यो एउटा यस्तो नाम आवश्यक पर्दछ, […]

चन्द्रमाको कक्षमा पुग्यो चन्द्रयान २

भारतले चन्द्रमामा प्रक्षेपण गरेको चन्द्रयान २ नामक अन्तरीक्षयान चन्द्रमाको कक्षमा प्रवेश गरेको छ । भारतीय अन्तरीक्ष एजेन्सी इसरोका अनुसार पृथ्वीको कक्षबाट बाहिर निस्र्किएसँगै मंगलबार बिहान चन्द्रयान २ चन्द्रमाको कक्षमा प्रवेश गरेको हो । इसरोले एक विज्ञप्ती जारी गर्दै यस जटिल कार्यपश्चात् अन्तरीक्षयानलाई चन्द्रमाको ध्रसवमाथि अन्तिम कक्षमा प्रवेश गराइनेछ, जहाँ चन्द्रमाको सतहबाट यसको दूरी १ सय […]

१० विधामा आइसिटी अवार्ड, कसलाई कुन उपाधि ?

१ भदौ, काठमाडौं । चौथो संस्करणको आइसिटी अवार्ड २०१९ सम्पन्न भएको छ । सूचना प्रविधि क्षेत्रको अग्रणी मिडिया लिभिङ विथ आइसिटीको आयोजनामा शनिबार राजधानीस्थित सोल्टी क्राउन प्लाजामा भएको अवार्डको ग्रान्ड फिनालेमा विभिन्न १० विधामा अवार्ड वितरण गरियो । ‘सूचना प्रविधिमा सम्भावना र उत्कृष्टताको खोजी’ मूल नारासहित भएको अवार्ड कार्यक्रमका विजयीहरुलाई शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि […]

चिकित्सा क्षेत्रलाई सहजीकरण गर्ने मेडिफ्लोले पायो आइसीटी अवार्ड

१ भदौ, काठमाडौं । स्वाथ्य क्षेत्रमा सेवा सुदृढीकरण गर्न प्रयोग भइरहेको सफ्टवयेर ‘मेडिफ्लो’ ले यसबर्षको आइसीटी अवार्ड प्राप्त गरेको छ । सूचना प्रबिधि क्षेत्रमा क्रियाशिल प्रडक्ट तथा सर्भिसलाई पुरस्कृत गर्दै आइरहेको आइसीटी अवार्डको शनिवार काठमाण्डौमा सम्पन्न चौथो संस्करणमा मेडिफ्लो प्रडक्ट बिधाको बिजेता वन्न सफल भएको हो । गत बर्ष पुसबाट बजारमा आएको यो सफ्टवेयर छोटो […]

गुगल म्यापलाई टक्कर दिँदै हुवावे, ल्याउँदैछ आफ्नै म्याप सर्भिस

चिनिाँ कम्पनी हुवावेले गत हप्ता आफ्नै स्मार्टफोन अपरेटिङ सिस्टम सार्वजनिक गरी प्रविधि क्षेत्रमा हलचल पैदा गरेको थियो । हुवावेको यस अपरेटिङ सिस्टमले गुगलको एन्ड्रोइडलाई टक्कर दिने अनुमान गरिएको छ । आवश्यक परेको बेला हुवावे जुनसुकै बेला एन्ड्रोइडबाट आफ्नै अपरेटिङ सिस्टममा सिफ्ट गर्न सक्दछ । अपरेटिङ सिस्टममार्फत् गुगललाई चुनौती पेश गरेको हुवावे यत्तिमा रोकिनेवाला छैन । […]

ग्यालेक्सी नोट १० : पावरफूल डिजाइन, आकर्षक र उपयोगी फोन

ग्यालेक्सी नोट १० लाई जीवनका हरेक कार्यलाई नयाँ तहसम्म पुर्‍याउन पावरफूल डिजाइन गरिएको दाबी सामसुङले गरेको छ । दुई भिन्न साइजमा उपलब्ध शक्तिशाली ग्यालक्सी नोटमा रहेको एस पेन, प्रो–ग्रेड क्यामेरा र अन्य टुल्सहरूको साथ उत्पादकत्व र सिर्जनात्मकतामा वृद्धि हुनेछ । सामसङ इलेक्ट्रोनिक्सले हालै ग्यालेक्सी नोट १० प्रस्तुत गर्न गईरहेको छ, प्रीमियम स्मार्टफोहरूको नयाँ लाइन जसले […]

हुवावेमाथिको प्रतिबन्ध ९० दिनका लागि स्थगित

चिनियाँ टेलिकम कम्पनी हुवावेमाथि अमेरिकाले लगाएको प्रतिबन्ध ९० दिनका लागि स्थगित भएको छ । अमेरिकाका वाणिज्य सचिवले सोमबार यस्तो घोषणा गरेका हुन् । वाणिज्य सचिव विल्बर रोसले फक्स बिजनेस नेटवर्कसँग भनेका छन्, ‘अमेरिकी दूरसञ्चार कम्पनीहरुका लागि एकपटक पुनः ९० दिनको समय छ । केही ग्रामीण कम्पनीहरु हुवावेमा निर्भर छन् । हामी ती कम्पनीहरुलाई हुवावेबाट अलग […]

एप्पलको म्याकबुक प्रो हवाइजहाजमा प्रतिबन्ध

काठमाडौं । अमेरिकाले एप्पलको म्याकबुक प्रो ल्यापटपलाई हवाइजहाजको यात्रामा सँगै लैजान प्रतिबन्ध लगाएको छ । अमेरिकाको संघीय उड्डयन प्रशासनले सन् २०१५ देखि २०१७ को बीचमा बनेका १५ इन्चको म्याकबुक प्रो ल्यापटप यात्रुलाई हवाइजहाजभित्र लैजान बन्देज लगाएको हो । गत जुन महिनामा एप्पलले सन् २०१५ देखि २०१७ को बीचमा उत्पादन भएका आफ्ना म्याकबुक प्रो ल्यापटप बजारबाट […]

फेसबुकको मुख्य एपमा पनि डार्क मोड फिचर

पछिल्ला केही महिना यता हामीले विभिन्न एपहरुमा डार्क मोड फिचर थप गरिएको देखेका छौं । यो वर्षको एन्ड्रोइड क्यू तथा आइओएस १३ अपरेटिङ सिस्टममा यो फिचर सबैभन्दा चर्चाको फिचरको रुपमा रहेको छ । अब यो फिचरलाई अन्य विभिन्न एपहरुले पनि अबलम्बन गरी आफ्नो एप्लाई नयाँ लुक दिने प्रयास गरिरहेका छन् । यसमध्ये एउटा मुख्य एप […]

समाचारको स्रोत बन्ने फेसबुकको लक्ष्य, ठूला सञ्चार माध्यमसँग सम्झौताको तयारी

समाचार सामग्रीहरु पुनः प्रकाशित गर्ने लाइसेन्स प्राप्त गर्नका लागि सोसल मिडिया साइट फेसबुकले विश्वका चर्चित समाचार एजेन्सीहरुसँग सम्झौताको तयारी गरेको छ । वालस्ट्रिट जर्नलका अनुसार फेसबुकले यस्ता प्रकाशक तथा सञ्चार माध्यमहरुसँग उनीहरुका समाचार फेसबुकमा पुनः प्रकाशित गर्ने सम्झौताका लागि दशौं लाख डलर तिर्नुपर्नेछ । पहिलो चरणमा फेसबुकले एबीसी न्युजका साथै ब्लुम्बर्ग, डाउ जोन्स तथा वाशिङटन […]