Comments Add Comment

सूचना प्रविधि

List Grid
कार्यान्वयनमा क्लिन फिड : होला विज्ञापन बजारमा कायापलट ?

२८ कात्तिक, काठमाडौं । सरकारले क्लिन फिडसम्बन्धी ऐन लागू गरेसँगै नेपालमा प्रसारण हुने विदेशी टीभी च्यानलहरूले विज्ञापन बजाउन नपाउने भएका छन् । क्लिन फिडमा जान सेवा प्रदायकहरूलाई एक वर्ष समय दिइएको छ । ‘विज्ञापन नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन २०७६’ गत कात्तिक ८ गते राजपत्रमा प्रकाशित भएको थियो । त्यसै दिनदेखि गणना हुने […]

आइफोन प्रयोगकर्तालाई दु:ख दिँदै फेसबुक भाइरस

प्रयोगकर्ताहरुको सुरक्षा तथा गोपनीयताको विषयलाई लिएर सोसल मिडिया प्लाटर्फम फेसबुक फेरि एकपटक विवादमा तानिएको छ । विभिन्न मुलुकहरुमा आइफोन प्रयोगकर्ताले फेसबुक भाइरसका कारण समस्या बेहोर्नुपरेको छ । आइफोन प्रयोगकर्ताहरुले फेसबुकको न्यूजफिड स्क्रल गरिरहेको बेला फोनको क्यामरा पृष्ठभूमिमा आफै खुल्ने समस्या देखा परेको छ । आइफोन प्रयोगकर्ताहरुले आफ्नो आइफोनमा फेसबुक एप खोल्दा क्यामरा पनि आफसे आफ […]

एनसेलले ल्यायो ‘अल नेट भ्वाइस प्याक’

२७ कात्तिक, काठमाडौं । एनसेलका प्रिपेड ग्राहकहरुले अब देशभित्र अन्य नेटवर्कमा रहेका आफ्ना साथीभाइ र आफन्तजनहरुसँग सुलभ दरमा कुरा गर्न सक्नेछन् । एनसेल प्राइभेट लिमिटेडले ‘अल नेटवर्क भ्वाइस प्याक’ अफर सञ्चालनमा ल्याएको छ । यसअन्तर्गत ग्राकहले कर बाहेक प्रति मिनेट रु १ को दरमा देश भित्रको सम्पूर्ण नेटवर्कमा कल गर्न सक्छन् । यो अफर बाहेक […]

नेपाल टेलिकमको बल्क एसएमएस सेवा कसरी लिने ?

२७ कात्तिक, काठमाडौं । एकै पटकमा धेरै जनालाई एकै प्रकारको सन्देश अर्थात् बल्क एसएमएस पठाउने तरिका धेरैलाई जानकारी नहुन सक्छ। यो सेवा विशेषगरी धेरै सदस्य वा ग्राहकसँग नियमित सम्पर्क गर्नुपर्ने व्यापारिक प्रतिष्ठान, शैक्षिक संस्था, वित्तीय संस्था, पर्यटन व्यवसायी, सरकारी, अर्ध सरकारी र गैरसरकारी निकायलगायतका संघ/संस्थाहरुका लागि बढी उपयोगी छ। व्यक्तिगत प्रयोजनका रुपमा एकैपटक धेरै व्यक्तिहरुलाई […]

क्यान फेडेरेशनको अध्यक्षमा नवराज कुँवरको उम्मेदवारी घोषणा

२६ कात्तिक, काठमाडौं । सूचनाप्रविधि व्यवसायी नवराज कुँवरले कम्प्युटर एशोसिएशन नेपाल (क्यान) महासंघको अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । हाल क्यानको वरिष्ठ उपाध्यक्ष रहेका उनले संस्थाको २६ वर्षे इतिहासमा उपत्यका बाहिरबाट पहिलोपटक नेतृत्वमा दाबेदारी पेश गरेका हुन् । आगामी मंसिर ७ गते क्यान महासंघको १३औं कार्यसमितिको निर्वाचन हुँदैछ । “७७ ओटै जिल्लामा क्यान […]

अब इन्स्टाग्राममा लाइक्स संख्या नदेखिने

आफूले इन्स्टाग्राममा अपलोड गरेका फोटोहरुमा प्राप्त हुने लाइक्स गनेर मख्ख पर्नुहुन्छ ? त्यसो हो भने एउटा अप्रिय खबर छ । लोकप्रिय फोटो शेयर एप इन्स्टाग्रामले लाइकको संख्या नदेखाउने फिचर यही हप्ताबाट सुरुवात गर्दैछ । सुरुमा अमेरिकी प्रयोगकर्ताहरुमाझ इन्स्टाग्रामले ‘हाइड लाइक काउन्ट्स’ फिचर परीक्षण गर्न लागेको हो । फेसबुक स्वामित्वको सोसल प्लाटफर्म इन्स्टाग्रामका सीईओ एडम् मोसरीले […]

एनसेलद्वारा १४ सुपर सेलरलाई पुरस्कार वितरण

२५ कात्तिक, काठमाडौं । एनसेल प्राईभेट लिमिटेडले हाल संचालनमा रहेको आफ्नो ‘एनसेल सुपर सेलर’ योजना अन्तर्गत काठमाडौं र ललितपुर जिल्लाका पहिलो १४ पोइन्ट अफ सेल्स् (पिओएस)/खुद्रा बिक्रेतालाई पुरस्कार हस्तान्तरण गरेको छ । खुद्रा विक्रेताहरुले एक कार्यक्रम माझ सोमबार सुन, ल्यापटप, माउन्टेन बाइक र वासिङ्ग मसिन पाएका छन् । रिजन डेरी (बसपार्क), ओम साई राम कम्युनिकेसन […]

१ सय ८ मेगापिक्सेलको तस्वीर कस्तो हुन्छ ?

चिनियाँ स्मार्टफोन कम्पनी शाओमीले विश्वकै पहिलो यस्तो स्मार्टफोन लञ्च गरेको छ, जसमा १ सय ८ मेगापिक्सेलको एउटा क्यामरा रहेको छ । शाओमी Mi CC9 प्रो नामक उक्त क्यामराको एक्स्ट्रा हाइ रिजोलुसन सेन्सरको डिजाइन दक्षिण कोरियाली कम्पनी सामसुङले गरेको हो । यो क्यामरा विश्वमा स्मार्टफोनमा प्रयोग गरिएको अहिलेसम्मकै शक्तिशाली क्यामरा हो । अहिलेसम्मकै शक्तिशाली स्मार्टफोन क्यामराबाट […]

फेसबुक विरुद्ध आफ्नै कर्मचारीहरुले लगाए जातीय विभेदको आरोप, फेसबुकले माफी माग्यो

पछिल्लो समय फेसबुक माफी माग्ने मामिलामा निकै अगाडि छ । कहिले प्रयोगकर्ताको गोपनियताका सम्बन्धमा त कहिले राजनीतिक प्रोपोगान्डा र फेक न्यूजका सम्बन्धमा फेसबुकले पटक पटक माफी माग्दै आएको छ । यहीँ मेलोमा फेसबुकले फेरि एकपटक माफी मागेको छ । यो पटक चाहीँ आफ्नै कम्पनी भित्र रहेका जातिवादको समस्याका बारेमा फेसबुकले माफी मागेका हो । सिएनबिसीको […]

चीनले सुरु गर्‍याे सिक्स जीको अनुसन्धान

देशव्यापी रुपमा फाइभ जी नेटवर्कको सुरुआत गरेको भोलिपल्टै चीनले छैटौँ पुस्ताको टेलिकम प्रविधि सिक्स जीको अनुसन्धान सुरु गरेको छ । चिनियाँ सरकारी सञ्चार माध्यमका अनुसार वायरलेस सूचना प्रविधिको आविष्कारलाई प्रवर्द्धन गर्ने उद्धेश्यका साथ चीनले सिक्स जी को अनुसन्धान सुरु गरेको हो । चीनको विज्ञान तथा प्रविधि मन्त्रालयबाट प्रकाशित हुने साइन्स एण्ड टेक्नोलोजी दैनिक पत्रिकाका अनुसार […]

फेसबुकले फेर्‍यो लोगो, कारण के छ ?

फेसबुकले आफ्नो ब्राण्डलोगो परिवर्तन गरेको छ । एक खास उद्धेश्यका साथ फेसबुकले नयाँ लोगो डिजाइन गरेको बताइउको छ । फेसबुकको नयाँ लोगोमा सबै अक्षरहरु ठूलो अक्षर अर्थात् Capital letter मा छन् । यो नयाँ लोगो फेसबुक एप तथा फेसबुक वेबमा तत्काल देखिने भने होइन । वास्तवमा आफु ह्वाट्सएप, इन्स्टाग्राम लगायतको मातृ कम्पनी भएको देखाउन फेसबुकले […]

क्रोम ब्राउजरलाई तुरुन्तै अपडेट गर्न गुगलको आग्रह

गुगल क्रोम ब्राउजर अहिले विश्वको सबैभन्दा लोकप्रिय वेब ब्राउजर हो । विश्वमा क्रोम ब्राउजरका करोडौँ प्रयोगकर्ताहरु छन् । यदि क्रोम ब्राउजर प्रयोग गर्नुहुन्छ भने यो तपाईंका लागि निकै महत्वपूर्ण खबर बन्न सक्दछ । किनकी गुगलले आफ्ना सबै क्रोम ब्राउजर प्रयोगकर्तालाई ब्राउजरको लेटेस्ट भर्सन अपडेट गर्न आग्रह गरेको छ । गुगलले क्रोमका लागि ह्याकिङ प्रतिरोधी सफ्टवेयर […]

‘टिकटक’ले ल्यायो स्मार्टफोन, यस्ता छन् फिचर्स

पछिल्लो समयको चर्चित सोसल मिडिया प्लाटर्फम टिकटकको मातृ कम्पनी बाइट डान्सले आफ्नो पहिलो स्मार्टफोन सार्वजनिक गरेको छ । ByteDance ले Smartisan Jianguo Pro 3 नामक स्मार्टफोन लञ्च गरेको हो । कम्पनीले स्मार्टफोन बजारमा ल्याउने समाचार वर्षको सुरुमै सार्वजनिक भएको थियो । अन्ततः आफ्नो फ्लागसीप डिभाइसको रुपमा बाइट डान्सले स्मार्टिसान जियांगुओ प्रो ३ स्मार्टफोन सार्वजनिक गरेको […]

चीनमा सुरु भयो फाइभ जी सेवा

काठमाडौं । चिनियाँ मोबाइल अपरेटरहरुले आफ्ना ग्राहकहरुका लागि फाइभ जी सेवा सुरु गरेका छन् । यससँगै चीनले प्रविधिमा अर्को छलाङ मारेको छ । चीनको सरकारी मोबाइल अपरेटर चाइना मोबाइल, चाइना युनिकम र चाइना टेलिकमले बिहीबार आफ्नो फाइभ जी फ्लान घोषणा गरेका हुन् । यो घोषणा यस्तो बेला भएको छ, वतिबेला चीन र अमेरिकाबीच ब्यापार र […]

भान्टा र आरुमाथि फेसबुकको प्रतिबन्ध

सोसल मिडिया प्लाटर्फम फेसबुक तथा इन्स्टाग्रामले सामाजिक मर्यादा सम्बन्धी आफ्नो मापदण्डमा परिवर्तन गर्दै भान्टा र आरुको इमोजीमा प्रतिबन्ध लगाएको छ । यो सँगै अब फेसबुक र इन्स्टाग्राममा भान्टा अर्थात् एगप्लान्ट र आरुको इमोजी प्रयोग गर्न पाइने छैन । भान्टा तथा आरुको आकारले अश्लीलता प्रवर्द्धन गरेको ठहर सहित फेसबुकले यस्तो कदम चालेको हो । पछिल्लो मापदण्डमा […]

फेसबुकले राजनीतिक विज्ञापन नरोक्ने, यस्तो छ जुकरबर्गको तर्क

माइक्रो ब्लगिङ साइट ट्वीटरले आफ्नो प्लाटर्फममा राजनीतिक विज्ञापनमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको छ । ट्वीटरले राजनीतिक विज्ञापनमाथि बन्देज लगाउने फैसला गरिरहँदा फेसबुकले चाहीँ आफुले राजनीतिक विज्ञापनमा रोक नलगाउने प्रष्ट पारेको छ । राजनीतिक विज्ञापनहरु उम्मेदवार तथा जागरुक समूहहरुका लागि आवाजको एक महत्वपूर्ण हिस्सा भएको दाबी फेसबुकको छ । आफूले राजनीतिक विज्ञापनको प्रकाशन गर्ने कुरा आम्दानीसँग […]

गुगलले ल्यायो पेपर फोन, अब मोबाइलको लत छुट्ने

अहिलेको जमानामा स्मार्टफोन दैनिक जीवनयापनको अभिन्न हिस्सा बनिसकेको छ । मोबाइलले मानिसको दैनिकीमा लगातार प्रभाव बढाइरहेको छ । धेरै मानिसहरु स्मार्टफोनको लतमा समेत फस्दै गएका छन् र यसले विकराल रुप लिँदै गएको विभिन्न अनुसन्धानहरुबाट पनि पुष्टि भैसकेको छ । अझ डरलाग्दो कुरा त के भने आफु मोबाइलको लतमा फसेको कुरा धेरै मानिसलाई पत्तै हुँदैन । […]

झण्डै २० करोडमा बिक्दैछ एप्पलको पहिलो कम्प्युटर

एप्पल कम्पनीका संस्थापक स्टीभ जब्सले निर्माण गरेको एउटा दुर्लभ कम्प्युटर झण्डै २० करोड रुपैयाँमा बिक्री हुने भएको छ । नाइन टू फाइभ म्याकका अनुसार एप्पलको पहिलो कम्प्युटर एप्पल वान साढे १७ लाख अमेरिकी डलर मूल्यमा इ कमर्श साइट इ बेमा बिक्रीका लागि राखिएको हो । स्टिम जब्स र स्टिभ बोज्नियाकले निर्माण गरेका एप्पल वान कम्प्युटर […]

नयाँ स्वरुपमा ब्युँतिदैछ मोबाइल एसएमएस, ह्वाट्सएप संकटमा

पछिल्लो समय ह्वाट्सएप, विच्याट लगायतका असंख्य मेसेजिङ एपहरुका कारण मोबाइलमा एसएमएस पठाउने कुरा निकै दुर्लभ बनेको छ । तर एसएमएस लाई अहिले नै लोप भएको घोषणा गर्न मिल्दैन । किनकी निकट भविष्यमै पूरानो जमानाको मेसेजिङ बादशाह मानिएको एसएमएस नयाँ स्वरुपमा आउँदैछ र यसले ह्वाट्सएप जस्ता मेसेजिङ एपहरुलाई धक्का दिनेवाला छ । अमेरिकाका मुख्य चारवटा टेलिफोन […]

तिहार, छठ र नेपाल संवतको अवसरमा टेलिकमको सेवामा छुट

८ कात्तिक, काठमाडौं । नेपाल टेलिकमले नेपालीहरुको महान चाड तिहारका साथै छठ र नेपाल संवतका अवसरमा गत वर्षहरुमा जस्तै यस वर्ष पनि कम्पनीका सेवाहरुमा विभिन्न आकर्षक छुट उपलब्ध गराउने भएको छ । सो अवसरमा मोबाइलमा रिचार्ज गर्दा बोनस उपलब्ध गराइने छ । यो भन्दा पहिले देखि नै उपलब्ध फोरजी/एलटीई र अन्य सेवाहरुमा विशेष छुट सहितका […]

दुनियाकै धनी बेजोसले एक दिनमै गुमाए ७ अर्ब डलर

विश्वका सबैभन्दा धनी व्यक्ति तथा अमेजन कम्पनीका सीईओ जेफ बेजोसका लागि गत बिहीबार खराब दिन रह्यो । उनले एक दिनमै झण्डै ७ अर्ब डलर गुमाए । उनले ७ अर्ब डलर मात्र गुमाएनन् केही क्षणका लागि विश्वको सबैभन्दा धनी व्यक्तिको स्थान पनि गुमाउनु पर्‍याे  । फोर्ब्स पत्रिकाका अनुसार अमेजन कम्पनीले आफ्नो तेश्रो त्रैमासिकको आय प्रतिवेदन सार्वजनिक […]