+
+

च्याट जिपिटीलाई सोधेर औषधि खानुहुन्छ ? सावधान ! ज्यानै जानसक्छ

अनलाइनखबर अनलाइनखबर
२०८० चैत २९ गते १३:३१

च्याट जिपिटीजस्ता एआई टूलहरुको प्रयोग व्यापक रुपमा भैरहेको छ । कसैले नोटहरु तयार पार्नका लागि यसको प्रयोग गरिरहेका छन् त कसैले खानपानलाई सन्तुलित बनाउन अर्थात् डाइट प्लानका लागि ।

च्याट जिपिटीको सबैभन्दा धेरै प्रयोग चाहिं ग्राहक सहायतामा भैरहेको छ । तर, कतिपय मानिसहरुले चाहिं आफ्नो रोग तथा स्वास्थ्य समस्यामा समेत च्याट जिपिटीको सल्लाह लिइरहेका छन् ।

कतिपय मानिसहरुले आफ्ना रोगहरु च्याट जिपिटीलाई बताइरहेका छन् र च्याट जिपिटीले दिने सुझावका आधारमा औषधि सेवन गर्ने गरेका छन् । तर यसो गर्नु निकै खतरनाक हुनसक्ने विज्ञहरुले चेतावनी दिएका छन् ।

हलै अमेरिकास्थित लंग आइल्याण्ड विश्वविद्यालयका शोधकर्ताहरुले गरेको अध्ययनपश्चात् औषधिसँग सम्बन्धित प्रश्नहरुको जवाफका लागि च्याट जिपिटीको प्रयोग अनुसन्धानको घेरामा आएको छ ।

औषधि विज्ञहरुको गरेको सो अध्ययनका क्रममा च्याटजिपिटीले औषधिसँग सम्बन्धित करिब ३ चौथाई प्रश्नहरुको गलत वा अधुरो जवाफ दिने गरेको छ।

परीक्षणका क्रममा च्याट जिपिटीसँग स्वास्थ्यका विषयमा विभिन्न ३९ वटा प्रश्न नगरिएको थियो । त्यसमा च्याट जिपिटीले दिएका उत्तरमध्ये केवल ९ वटा उत्तर मात्रै सन्तोषजनक थिए।

औषधिसम्बन्धी बाँकी २९ वटा जवाफहरु चाहिं गलत वा अधुरा मानिएको छ । शोधकर्ताहरुका अनुसार च्याट जिपिटीको नि:शुल्क भर्सन त झनै खतरनाक छ । किनकि योसँग सन् २०२१ को सेप्टेम्बर पछिको कुनै पनि जानकारी उपलब्ध छैन ।

शोधर्ताहरुका अनुसार च्याट जिपिटीले एउटा प्रश्नको जवाफमा भनेको थियो कि फाइजरको प्याक्सलोभिड तथा रक्तचाप कम गर्ने औषधि भेरापामिल एकैपटक सेवन गर्दा पनि कुनै समस्या हुँदैन । जबकि वास्तविकता के हो भने यी दुई औषधिलाई एकसाथ सेवन गर्नाले रक्तचाप निकै कम हुनसक्छ र यसबाट बिरामीहरुका लागि सम्भावित जोखिम पैदा हुनसक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?