+
+

कति छ पृथ्वीको वजन ? वैज्ञानिकहरू बीचमै विवाद

एजेन्सी एजेन्सी
२०८० चैत २१ गते ८:३२

पृथ्वीमा चट्टान तथा धातु जस्ता विभिन्न अजैविक पदार्थका साथै जिवजन्तुलगायतका विभिन्न जैविक तत्वहरु पनि छन् । यसका साथै अनगिन्ती मानव निर्मित तथा प्राकृतिक संरचनाहरु पनि यहाँ छन् ।

हरेक वर्ष मानव निर्मित संरचनाहरुको संख्या वृद्धि भइरहेको छ । यस्तो अवस्थामा हाम्रो पृथ्वीको कुल वजन आखिर कति होला ?

यसको जवाफमा हालसम्म पनि सबैको मतैक्य हुन सकेको छैन । वास्तवमा पृथ्वीको वजन उसको गुरुत्वाकर्षण शक्तिमा निर्भर गर्दछ । अर्थात् यसको वजन लाखौं करोड किलोग्राम हुनसक्छ ।

यदि नासाको दाबीलाई मान्ने हो भने पृथ्वीको वजन ५.९७२२ गुणा १०२४ केजी छ । यसलाई १३.१ सेप्टिलियन पाउण्ड पनि भनिन्छ ।

उसो त पृथ्वीको वजन केही तलमाथि भइनै रहन्छ । यसो हुनुमा अन्तरिक्षबाट आउने धुलो तथा वायुमण्डलबाट बाहिर निस्किने विभिन्न प्रकारका ग्याँसहरू हुन् । तथापि यसबाट हाम्रो ग्रहको वजनमा अर्बौं वर्षसम्म ठूलो अन्तर पनि आउने छैन ।

विश्वका भूवैज्ञानिकहरु आज पनि पृथ्वीको यकिन वजनका विषयमा एकमत छैनन् । किनकि कसैले पनि कुल वजनको सटिक तथ्यांक दिन सकेका छैनन् ।

वैज्ञानिकहरुको बीचमा वजनलाई लिएर दशमलबका अंकसम्मको बहस छेडिन्छ । पृथ्वीको सटिक वजन त निकाल्न सकिने कुरा भएन ।

अमेरिकाको नेशनल इन्स्टिच्यूट अफ स्टाण्डर्ड एण्ड टेक्नोलोजीका नापतौल विज्ञ स्टिफन श्लेमिंगरका अनुसार यसमा न्युटनको गुरुत्वाकर्षणको नियम लागु हुन्छ ।

अर्थात् पृथ्वीमा रहेका हरकोही चिजको वजन भनेको उसको गुरुत्वाकर्षण शक्ति हो । यसका अलावा दुईवटा फरक-फरक वस्तुहरुको बीचमा पनि यस्तो शक्ति विद्यमान हुन्छ । यही सुत्रबाट दुईवटा वस्तुहरुको बीचको गुरुत्वाकर्षण शक्तिको मापन गरिन्छ र उसको वजन निकालिन्छ । यसका लागि दुई वस्तुहरु बीचको दूरी तथा गुरुत्वाकर्षण शक्तिको गणना गरिन्छ ।

केभेन्डिस सुत्रबाट वजनको गणना

यो सुत्र अनुसार नै वैज्ञानिकहरुले पृथ्वीको वजनको गणना गरे । तर यसमा पनि एउटा समस्या छ, त्यो के भने उक्त वजन पृथ्वीको सतहबाट लिइएको हो । यद्यपि कसैले पनि G number को सही मान पत्ता लगाएनन् ।

सन् १७९७ मा वैज्ञानिक हेनरी केभिन्डिसले यो काममा ठूलो उपलब्धि हासिल गरे । जस अनुसार पृथ्वीको वजन १३.१ सेप्टिलियन पाउण्ड रहेको छ ।

अहिले पनि केभेन्डिस सुत्रबाटै पृथ्वीको वजन मापन गरिन्छ । यसका बाबजुत वैज्ञानिकहरुबीच पृथ्वीको सही वजनलाई लिएर विवाद छ, असहमति छ । तथापि जबसम्म सही वजन थाहा हुँदैन, तबसम्म ५.९७२२ गुणा १०२४ केजी नै पृथ्वीको वजन हो ।

लेखकको बारेमा
एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?