+
+

यस्तो छ चन्द्रमामा मानिस लैजाने चिनियाँ अन्तरिक्षयान

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन १९ गते १८:१७

चीनले सन् २०३० भन्दा अघि आफ्ना अन्तरिक्ष यात्रीलाई चन्द्रमामा अवतरण गराउने योजना बनाएको छ । सोही कार्यका लागि निर्माण गरिएको आफ्नो ल्याण्डर तथा क्रू मोड्युल चीनले सार्वजनिक गरेको छ ।

जुन अन्तरिक्ष यानमा बसेर चिनियाँ अन्तरिक्ष यात्रीहरु चन्द्रमामा जानेछन् उसको नाम मेङझोउ हो भने ल्याण्डरको नाम लानुई लुनर ल्याण्डर ।

चिनियाँ भाषामा मेङझोउको अर्थ सपनाको जहाज भन्ने हुन्छ । त्यसैगरी लानुइको अर्थ चन्द्रमाको प्रशंसा गर्नु भन्ने हो ।

मेङझोउको वर्णन चिनिया क्रान्तिनायक माओत्सेतुङको कवितामा समेत गरिएको छ । त्यस्तै लानुइको वर्णन चाहि कवि ली बाइका कविताहरुमा गरिएको पाइन्छ । चीनले यसअघि सेनझोउ र तियानझोउ नामका अन्तरीक्षयानहरु प्रक्षेपण गरिसकेको छ ।

यिनै अन्तरीक्षयानमार्फत् चिनिया अन्तरीक्षयात्रीहरु तियाङगोङ स्पेस स्टेशनमा पुग्छन् । यो अन्तरीक्ष स्टेसनले पृथ्वीको तल्लो कक्षमा परिक्रमा गरिरहेको छ ।

चिनिया स्पेस एजेन्सी सीएनएसएले ती दुई यानको नामाकरण गर्न आम जनताहरुका लागि एउटा प्रतियोगिता सञ्चालन गरेको थियो । त्यसमा २ हजार भन्दा धेरै मानिसहरुले नाम सुझाए र त्यसबाट अन्तिम नामको टुंगो विज्ञहरुको छनोट गरे ।

मेङझोउमा सातजना अन्तरीक्ष यात्रीहरु बसेर अन्तरीक्षको यात्रा गर्न सक्दछन् । अर्थात् पृथ्वीको तल्लो कक्षसम्म त निकै आरामसँग । तर चन्द्रमासम्म भने यो यानले केवल ३ जना अन्तरीक्षयात्रीलाई मात्र लैजान सक्छ । यसअघि विभिन्न परीक्षणहरु हुन भने बाँकी नै छ ।

यो यानको पहिलो उडान चाहिँ सन् २०२७ मा हुने अनुमान गरिएको छ । चाइना एरोस्पेस साइन्स एण्ड टेक्नोलोजी कर्पोरेसनले सो यान र ल्याण्डरको निर्माण गरिरहेको छ ।

सो अन्तरीक्षयान लङमार्च १० रकेटबाट प्रक्षेपण गरिने सम्भावना छ । यो लङमार्च ५ रकेटकै स्तरोन्नति तथा आधुनिक संस्करण हो । प्रक्षेपण चाहिँ दुईवटा रकेटबाट हुनेछ । सुरुमा मेङझोउ लञ्च हुनेछ भने अर्को रकेटबाट लानुई लुनर ल्याण्डर लञ्च गरिनेछ । त्यसरी प्रक्षेपण गरिएका मेङझोउ र लानुई चन्द्रमाको कक्षमा एक आपसमा जोडिनेछन् ।

तत् पश्चात् अन्तरीक्षयात्रीहरुलाई ल्याण्डरमा सारिनेछ । अनि यान चन्द्रमाको सतहतर्फ लाग्नेछ । लानुइले अवतरणका लागि क्भउबचबतभ एचयउगकिष्यल क्तबनभ को प्रयोग गर्नेछ । यसमा एउटा २ सय किलोग्राम वजनको क्रू रोवर पनि हुनेछ । जुन अन्तरीक्षयात्रीलाई बोकेर हिड्ने एउटा कारजस्तै उपकरण हो ।

काम पूरा भएसँगै लानुइले अन्तरीक्षयात्रीहरुलाई पुनः चन्द्रमाको कक्षमा फिर्ता ल्याउनेछ । त्यहाँ दुबै एक आपसमा जोडिनेछन् र पृथ्वीमा फर्किनेछन् ।

चीनले हाल लङमार्च १० रकेट, मेङझेउ अन्तरीक्ष यान र लानुइ लुनर ल्याण्डरको निर्माण तिव्र गतिमा गरिरहेको छ । यी तिनैथरि उपकरणहरु निर्माणको विभिन्न चरणमा छन् । यसका अलावा स्पेससुटको काम पनि चलिरहेको छ । प्रक्षेपण तथा अवतरण साइटको प्राविधिक प्रस्ताव पनि स्वीकृत भइसकेको छ ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?