+
+

एप्पल र गुगलको साम्राज्यमाथि खतरा, आउँदैछ एप नै नभएको स्मार्टफोन

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन ९ गते ६:१४

काठमाडौं । मोबाइल एप्लिकेसनहरुको बजारमा गुगल र एप्पलको दबदबालाई झट्का लाग्ने देखिएको छ । किनकि बजारमा अब छिटै एउटा यस्तो स्मार्टफोन लञ्च हुनेवाला छ जसलाई एआई स्मार्टफोन नामाकरण गरिएको छ । सो स्मार्टफोन चलाउनका लागि एपको आवश्यकता पर्नेछैन।

हो, स्मार्टफोनबाट छिटै नै एपहरु हराउनेछन् । अर्थात् आफ्नो स्मार्टफोनमा एप डाउनलोड गर्नुपर्ने छैन । साथै एपकै कारणबाट फोनको प्राइभेसीमा सम्झौता पनि गर्नुपर्ने छैन ।

एउटा यस्तो आर्टिफिसियल इन्टेलिजेन्स स्मार्टफोन छिटै नै लञ्च हुँदैछ, जो एपमुक्त हुनेछ । यसको प्रत्यक्ष असर चाहिँ एप प्रदायक प्लाटफर्महरु जस्तै गुगल प्ले स्टोर र एप्पलको एप स्टोरमाथि पर्नेछ ।

विश्व स्मार्टफोन तथा ट्याबलेट बजारमा एन्ड्रोइड अपरेटिंग सिस्टमको हिस्सा ७१ प्रतिशत छ भने एप्पलको आइओएसको हिस्सा ३० प्रतिशत छ । त्यस्तै एप्पलले एप स्टोरबाट वार्षिक ८५ अर्ब डलर भन्दा धेरै आम्दानी गर्ने गरेको छ भने गुगलले प्ले स्टोरबाट वार्षिक करीब ५० अर्ब डलर कमाउँछ ।

यस्तोमा यदि एपमुक्त एआई स्मार्टफोन आएमा गुगल र एप्पललाई ठूलो झट्का लाग्ने पक्का छ ।

पछिल्लोपटक सार्वजनिक भएको एक समाचार अनुसार जर्मनीको Deutsche Telekom ले Brain.ai सँग मिलेर एआई स्मार्टफोन ल्याउने तयारी गरिरहेको छ । मोबाइल वर्ल्ड कंग्रेस, २०२४ मा उक्त स्मार्टफोन सार्वजनिक गरिने अनुमान गरिएको छ ।

एआई स्मार्टफोनमा एआई पावर्ड डिजिटल असिस्टेन्ट सपोर्ट रहेको छ । यसको सहयोगमा प्रयोगकर्ताले एपबाट गरिने सबै काम गर्न सक्नेछन् । यसले भ्वाइस र टेक्स्ट दुबैमा काम गर्नेछ । अर्थात् तपाइँले केवल कमान्ड मात्र दिए पुग्नेछ र स्मार्टफोनले सोही मुताबिक काम गर्नेछ ।

-एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?