+
+

भस्मासुर बन्नसक्छ एआई !

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख ६ गते १४:२६

काठमाडौं । आर्टिफिसियल इन्टेलिजेन्स अर्थात् एआईको प्रयोगलाई लिएर विभिन्न प्रकारका चिन्ताहरु व्यक्त भैरहेका छन् । यस विषयमा धेरै अध्ययन अनुसन्धान पनि भैरहेका छन् ।

शोधकर्ता वैज्ञानिकहरु तथा प्रविधि क्षेत्रका विज्ञहरुले नै एआई प्रविधि आत्मघाती तथा भस्मासुर सावित हुनसक्ने चिन्ता व्यक्त गरेका छन् । यस्तो अवस्थामा एआई प्रविधिलाई बढावा दिनु झनै खतरनाक सावित हुनसक्छ ।

हुनत हरेक प्रविधि आफैमा खराब भन्ने हुँदैन । यसको प्रयोगमा सावधानी नअपनाउँदा तथा गलत प्रयोग गर्दा नै यसले क्षति पूराउँदछ ।

यसैगरी एआई पनि आफैमा खराब होइन र यसका धेरै फाइदा तथा सकारात्मक पहलुहरु छन् । त्यसैले एआईको प्रयोगलाई लिएर सावधानी अपनाउनु अत्यावश्यक भैसकेको छ ।

एआई वास्तवमा एउटा दुइधारे तरबार हो, जो अपार सम्भावनासँगै ठूला चुनौतिहरु दुबैलाई एकसाथ लिएर आएको छ ।

त्यसैले साइबर सुरक्षाको क्षेत्रमा एआईका विषयमा विश्वव्यापी मापदण्ड तथा नियम बनाउनु आवश्यक छ । त्यसबाट मात्रै एआईको जिम्मेवार तथा नैतिक ढंगले प्रयोग हुनसक्छ ।

एआई सिर्जित सामाग्री तथा भिडियोहरुको दुरुपयोगका विषयमा विश्वका सबै सरकारले कडा रबैया अपनाउनु आवश्यक छ । त्यस्तै डिपफेक विरुद्धको लडाइँमा पनि कडा कानूनको आवश्यकता देखिएको छ ।

एआईका कारण हुने बौद्धिक सम्पत्तिको चोरी, मानिसको सिर्जनशीलताको क्षयिकरण तथा ठगी जस्ता विषयलाई सम्बोधन गर्नेगरी विश्वका सरकारहरुले क्षमता विकास गर्नुपर्दछ ।  एजेन्सीको सहयोगमा 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?