+
+
Shares

बालिका बेचबिखनको आरोपमा एक जना कारागार चलान

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ ३१ गते २१:२८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • भीरकोट नगरपालिका–१ बयरघारीबाट १६ वर्षीया बालिकालाई ललाईफकाई भारत पुर्‍याएको आरोपमा पक्राउ परेका घनश्याम चौधरी पुर्पक्षका लागि कारागार चलान भएका छन्।
  • मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी मुद्दामा घनश्याम चौधरीसहित आठ जनामाथि बालिकालाई भारतको महाराजगन्ज जिल्लास्थित बरगदवा गाउँमा लुकाइछिपाई राखेको आरोप लागेको छ।
  • घटनामा संलग्न रहेको आरोप लागेका अन्य आठ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरी प्रहरीले खोजतलास गरिरहेको छ।

३१ भदौ, स्याङ्जा । स्याङ्जाको भीरकोटबाट १६ वर्षीया बालिकालाई भारत लगेर लुकाएको आरोपमा पक्राउ परेका एक जना पुर्पक्षका लागि कारागार चलान भएका छन् । घटनामा संलग्न रहेको आरोप लागेका अन्य आठ जनाको भने प्रहरीले खोजी गरिरहेको छ ।

प्रहरीका अनुसार २०८२ असार ९ गते भीरकोट नगरपालिका–१ बयरघारीबाट बालिकालाई ललाईफकाई आर्थिक प्रलोभनमा पारी भारत पुर्‍याइएको थियो ।

रुपन्देहीको देवदह नगरपालिका–टटेरा घर भई बयरघारीमा काम गरी बस्ने ३५ वर्षीय घनश्याम चौधरीसहित आठ जनाले बालिकालाई भारतको महाराजगन्ज जिल्लास्थित बरगदवा गाउँमा लगेर लुकाइछिपाई राखेको आरोप छ ।

घटनाबारे मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी मुद्दा दर्ता गरी प्रहरीले अनुसन्धान अघि बढाएको थियो ।

मुद्दाका प्रतिवादीमध्ये घनश्याम चौधरीलाई प्रहरीले २०८३ साउन १० गते पक्राउ गरेको थियो ।

अनुसन्धान पूरा गरी उनलाई स्याङ्जा जिल्ला अदालतमा पेश गरिएकोमा अदालतले भदौ ८ गते पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश दिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रमेश दत्त अवस्थीले जानकारी दिए ।

घटनामा संलग्न रहेको आरोप लागेका अन्य आठ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । उनीहरूको खोजतलास भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?