+
+

निमा एजुकेसन फाउन्डेसनमा रोबोटिक्स, कोडिङ र एआई प्रतियोगिता

काठमाडौँ न्यु क्यासल स्कुललाई उत्कृष्ट अवार्ड

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन ४ गते १६:३७

४ फागुन, काठमाडौं निमा एजुकेसन फाउन्डेसनले आयोजना गरेको कक्षा ४ देखि १२ सम्मका विद्यार्थीका लागि नेपालको सबैभन्दा ठुलो राष्ट्रिय स्तरको कोडेभर प्रतियोगिता सम्पन्न भएको छ ।

माघ २८ र २९ गते काठमाडौंमा आयोजना भएको उक्त प्रतियोगितामा १५० विद्यार्थीहरूले एआईदेखि रोबोटिक्ससम्मका विभिन्न परियोजना तयार पारेर प्रदर्शन गरेका थिए ।

प्रतियोगितामा विद्यार्थीले आफ्नो सीप प्रदर्शन गर्ने र एक अर्काबाट सिक्ने अवसर पाएको निमा एकेडेमीले जनाएको छ । प्रदर्शनीमा सहभागी विद्यार्थीलाई सात विधामा ११ पुरस्कार प्रदान गरिएको थियो ।

प्रतियोगितामा उत्कृष्ट प्रस्तुतिको अवार्डका रूपमा काठमाडौँ न्यु क्यासल स्कुलले ओम्नी ह्विल चेयर परियोजनाले नगद पुरस्कार ५ हजार पाएको थियो ।

यस्तै बेस्ट डिजाइन अवार्डका रूपमा एसिया प्यासिफिक स्कुलको आवास संरक्षण परियोजनाले ५ हजार, इन्टेलिप्याड परियोजनाका लागि लुम्बिनी वर्ल्ड स्कुलले बेस्ट आइडिया अवार्डका रूपमा ५ हजार, समृद्धि स्कुलको रेस्क्यु बोट परियोजनाले उत्कृष्ट प्रविधिको अवार्डसहित ५ हजार नगद पुरस्कार प्राप्त गरेको थियो ।

बेबिलोन नेसनल स्कुलको किसान साथी परियोजनालाई उत्कृष्ट सहरी योजना पुरस्कार ५ हजार र अडियन्स च्वाइस अवार्डका रूपमा डियरवाक सिफल स्कुलका दीक्षान्त पाण्डेको प्रोजेक्ट गफ जिपिटीलाई ५ हजार रूपैयाँ पुरस्कार प्रदान गरिएको थियो ।

त्यसैगरी ट्रयाक १ मा एआई रोबो सिटी च्यालेन्ज अन्तर्गत पहिलो भएको एसिया प्यासिफिक स्कुलको स्मार्ट कृषि परियोजनालाई २५ हजार, दोस्रो भएको दरबार हाई स्कुलको जेनराइड ह्विल चेयर परियोजनालाई १५ हजार र तेस्रो भएको एसिया प्यासिफिक स्कुलको सडक सुरक्षा परियोजनालाई १० हजार पुरस्कार प्रदान गरिएको थियो ।

ट्रयाक २ मा पहिलो भएको रिलायन्स पब्लिक स्कुलले ५ हजार र दोस्रो भएको एसिया प्यासिफिक स्कुलले ३ हजार रूपैयाँ पुरस्कार पाएको थियो ।

प्रतियोगितामा पुरस्कृत परियोजनाका सहभागी विद्यार्थीहरूले दुबईमा हुन लागेको कोडेभर ५.० अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाल र यहाँका विद्यालयहरूको प्रतिनिधित्व गर्दै सहभागिता जनाउने छन्, जहाँ २३ भन्दा बढी राष्ट्रका विद्यार्थीहरूसँग प्रतिस्पर्धा गर्ने छन् ।

यस प्रतियोगिताले सहभागीहरूलाई एक अर्काबाट सिक्ने, विचारहरू आदानप्रदान गर्ने र एक अर्कालाई प्रविधिसम्बन्धी आ-आफ्ना खोज तथा अन्वेषणलाई निरन्तरता दिन प्रेरित गर्ने महत्त्वपूर्ण अवसर प्रदान गरेको निमा एकेडेमीको भनाइ छ ।

निमा एजुकेसन फाउन्डेसनको पहलमा पहिलो पटक राष्ट्रिय प्रतियोगिताको रूपमा नेपालमा कोडेभर आयोजना भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?