
१० असार, विराटनगर । विराटनगर महानगरपालिकाले विद्यार्थीलाई आर्टिफिसियल इन्टेलिजेन्सको विषयमा अध्यापन गराउने भएको छ ।
आगामी आर्थिक वर्षको बजेट मार्फत महानगरले एआई विषय अध्यापन गराउने याेजना सार्वजनिक गरेकाे हाे ।
‘प्रविधियुक्त सिकाइ, विराटनगरको उचाइ’ भन्ने आदर्श नाराका साथ विद्यालय तहबाट नै कृत्रिम बुद्धिमत्ता (एआई), रोबोटिक्स, पाइथन, कोडिङजस्ता विज्ञान प्रविधिसँग सम्बन्धित विषय र क्षेत्रसँग परिचित गराइ विद्यार्थीलाई गणित र विज्ञान विषयप्रति रुचि जगाइनेछ,’ महानगरले भनेको छ ।
‘ स्मार्ट कक्षा, स्मार्ट विद्यार्थी कार्यक्रममार्फत सबै माध्यमिक विद्यालयमा न्यूनतम एक स्मार्ट बोर्डको व्यवस्था मिलाई शिक्षण सिकाइलाई आधुनिक र प्रविधिमैत्री बनाइनेछ’, महानगरले जनाएको छ ।
महानगरले न्यूनतम सिकाइ उपलब्धि हासिल गर्न नसकेका विद्यार्थीका लागि बुष्टर कक्षा सञ्चालन गर्ने भएको छ ।
प्रत्येक शुक्रबारलाई पुस्तकरहित दिनका रुपमा मनाउने कार्यक्रम सञ्चालन गरिरहेको महानगरले विराटनगरको सक्षम विद्यालयले अर्को विद्यालयसँग मितेरी विद्यालयको सम्बन्ध स्थापित गरिने जनाएको छ ।
कमजोर विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि व्यवस्थापकीय सहयोग गर्न मितेरी कार्यक्रम अघि सारेको हो ।
निजी लगानीमा सञ्चालित विद्यालयले न्यूनतम १० प्रतिशत छात्रवृत्ति कार्यक्रमको अनिवार्य कार्यान्वयनका गर्ने उल्लेख गरेको महानगरले मेयर इन्जिनियरिङ छात्रवृत्ति कार्यक्रमअन्तर्गत महानगर बहुप्राविधिक शिक्षालयमामा महानगरका २५ जना विद्यार्थीलाई डिप्लोमा इन इन्जिनियरिङ निःशुल्क पढाउने भएको छ ।
प्रतिक्रिया 4