+
+

एक्समा १० लाख जागिरको विवरण, लिंक्डइनलाई पछार्ने मस्कको योजना

एजेन्सी एजेन्सी
२०८० फागुन १६ गते १०:४४

माइक्रो ब्लगिङ साइट एक्सको मालिक भएसँगै अर्बपति एलन मस्कको नजर माइक्रोसफ्टको सोसल मिडिया प्लाटर्फम लिंक्डइन माथि छ । यद्यपि मस्कले लिंक्डइनलाई खरिद गर्ने योजना बनाइरहेका छैनन्, उसलाई माथ खुवाउने ध्येय छ उनको ।

वास्तवमा एलन मस्क विभिन्न विश्वप्रसिद्ध प्रविधि कम्पनीहरुका मालिक मात्र होइनन् सबैभन्दा लडहवाज मानिस पनि हुन् । एलन मस्कले बेलाबेलामा यस्ता निर्णयहरु गर्छन् जसबाट आम मानिसहरु छक्क पर्नुको विकल्प हुँदैन ।

निकै महँगो मूल्यमा ट्वीटर खरिद गरेसँगै उनले यसको लोकप्रिय ब्राण्डलाई नै परिवर्तन गरी एक्स नामाकरण गरे । उनले एक्स प्लाटर्फमलाई एभ्रिथिंग एप बनाउने योजनामा छन् ।

उनी एक्सलाई आम मानिसहरुको जागिर खोज्ने ठाउँ पनि बनाउन चाहन्छन् । यसका लागि एक्स हायरिंग अकाउन्ट नै सुरुआत गरिएको छ ।

एलन मस्कले एक्स हायरिंग अकाउन्टमा एउटा यस्तो पोस्टलाई रिपोस्ट गरेका छन् जसमा दाबी गरिएको छ कि एक्समा जागिरका लागि सूचना तथा विवरण राख्ने कार्यमा कम्पनीहरुको रुची बढिरहेको छ ।

सो पोस्टमा दाबी गरिए अनुसार एक्स हायरिंगमा हालसमम १० लाख जागिरको विवरण प्रकाशित भैसकेको छ ।

स्मरण रहोस् एक्स हायरिंग सोसल मिडिया कम्पनी एक्सको जब सर्च पोर्टल हो । एक्समा जागिरको विज्ञापन गर्नेमा एआई, वित्तीय तथा सफ्टवेयर सेवा कम्पनीहरु रहेका छन् ।

पछिल्लो समयमा एक्स हायरिंगको लोकप्रियतासँगै यसको प्रतिस्पर्धा माइक्रोसफ्टको व्यवसायिक नेटवर्क प्लाटर्फम लिंक्डइनसँग हुने देखिन्छ ।

लेखकको बारेमा
एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?