+
+
Shares
वैदेशिक रोजगारी :

खाडीबाट युरोपतिर मोडिंदैछ नेपालीको श्रम गन्तव्य

आभास बुढाथोकी आभास बुढाथोकी
२०८० माघ ११ गते १९:५२

११ माघ, काठमाडौं । दाङको बबई गाउँपालिका-५ का रेशमबहादुर मगरका बाबु कर्णबहादुरले आधा जीवन कतारमा बिताए । कतारमा ८ वर्ष भवन बनाउने मजदुरको रुपमा काम गरेका उनले त्यहाँ बगाएको पसिनाले ६ जनाको परिवारको जीविका चलाए ।

रेशमका बाबुमात्र हैन, उनका दुई काका प्रेम र जीतबहादुर मगरले पनि खाडीमै बगाएको पसिनाले सन्तानको शिक्षादीक्षा र खानपानको बन्दोबस्त गरे । ११ कक्षा पढेपछि रेशमले पनि बुबा र काकाकै जस्तो विदेश जाने बाटो पछ्याए । तर उनले गन्तव्य चाहिँ फरक रोजे । ८ महिनायता उनी युरोपको क्रोएसियामा छन् । ‘खाडीमा बुबाले पाएको दुःख सुनेर त्यहाँ जान मन नै भएन, उनले भने, ‘राम्रो देशमा अवसर पनि राम्रो होला भनेर यहाँ आएँ ।’

प्युठानका मीनराज खड्काले खाडी राष्ट्र युनाइटेड अरब इमिरेट्स (यूएई) मा ५ वर्ष अस्पताल क्लिनिङ (सरसफाइ) को काम गरे । त्यहाँ उनी दैनिक १६ घण्टा काम गर्थे । त्यति गर्दा पनि मासिक ३० हजार रुपैयाँ भन्दा बढी कमाउन नसकेपछि स्वदेश फर्किएका उनी तीन वर्षपछि फेरि विदेश जाने निष्कर्षमा पुगे । तर यो पटक उनले खाडी नभएर युरोप राष्ट्र पोर्चुगल रोजे । ‘देशभित्र रोजगारी छैन । खाडीमा जाउँ दुःखमात्रै छ, कमाइ छैनु, उनी भन्छन्,’ ‘त्यहाँ पाएको दुःख सम्झेर अरु नै देश जाने बाटो रोजेँ ।’

प्यूठानको सरुमारानी गाउँपालिका-७ का किसान भण्डारीका जेठा र माइला दाइ रोजगारीका लागि साउदी अरेबिया र मलेसिया गए । दाजुहरु एक दशक ती देशमा बस्दा पनि आर्थिक हैसियत माथि उठाउन नसकेको देखेका किसान भने युरोप जाने सुरसारमा छन् ।

‘हाम्रा बाबु-दाजुले दुःखमात्र झेले, जति पसिना बगाए पनि अभाव टार्दाटार्दै दाइहरुको उमेर बित्यो,’ उनले भने, ‘त्यो दुःख म पर्न चाहन्न । खाडीमा जस्तो दुःख कम र कमाइ पनि राम्रो हुने भएकाले युरोप जाने सुरसारमा छुँ ।’

त्रिभुवन विमानस्थलबाट विदेशतर्फ जाने नेपालीहरु ।

रोजगारीका लागि विदेश जाने नेपाली बढ्दो क्रममा छन्, तर गन्तव्य भने विस्तारै फेरिन थालेको छ । पछिल्लो दुई दशकसम्म प्रमुख श्रम गन्तव्य बनिरहेको खाडी मुलुक जानेको संख्या क्रमशः घट्दो छ । बरु युरोप जानेको संख्या विस्तारै बढ्न थालेको तथ्यांकबाट देखिएको छ ।

श्रम मामिला विज्ञ रामेश्वर नेपाल पनि नेपालीको श्रम बजार युरोप बन्न थालेको बताउँछन् ।

बढ्दैछ युरोप जानेको संख्या

वैदेशिक रोजगार विभागका अनुसार आर्थिक वर्ष ०७८र७९ मा मलेसिया जान ३ लाख ६६ हजार र युएई, कतार, साउदी अरेबियालगायतका खाडी मुलुक जान ५ लाख ५० हजार जना नेपालीले श्रम स्वीकृति लिएका थिए ।

आर्थिक वर्ष ०७९र८० मा भने मलेसिया जान २ लाख र खाडी मुलुक जान ४ लाख १५ हजारले श्रम स्वीकृति लिए ।

वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष राजेन्द्र भण्डारीका अनुसार खाडीमा नेपालीको औसत तलब मासिक ४० हजार रुपैयाँ छ भने युरोपेली देशमा ८० हजार रुपैयाँभन्दा बढी छ ।

चालु आर्थिक वर्ष २०८०र८१ को साउनदेखि पुससम्मको ६ महिनामा मलेसिया जान ४८ हजार जनाले श्रम स्वीकृति लिएका छन् ।

विभागका अनुसार आर्थिक वर्ष ०७८र७९ मा युरोपका देशमा जान ११ हजार जनाले श्रम स्वीकृति लिएकामा ०७९र८० मा ३३ हजार जनाले लिए । चालु आर्थिक वर्ष ०८०र८१ को साउनदेखि पुससम्मको ६ महिनामा १६ हजार जनाले श्रम स्वीकृति लिएका छन् । उनीहरु रोमानिया, पोर्चुगल, क्रोएसिया, माल्टा, पोल्याण्ड, बेलायत जस्ता देश जानेहरु छन् ।

नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष राजेन्द्र भण्डारी युरोपेली देशमा नेपाली श्रमिकको आकर्षण र माग दुबै बढेको बताउँछन् । ‘श्रमिकको चाहना पनि खाडीभन्दा युरोप जाने नै देखिन्छु,’ उनी भन्छन्, ‘अन्तर्राष्ट्रिय श्रम बजारमा पनि श्रमिकको माग युरोपमा बढेको देखिन्छ ।’

पछिल्लो २०-२५ वर्षदेखि नेपालीको रोजगारीको आवश्यकता मुख्यगरी खाडीले पूरा गरेकामा अब युरोप पनि श्रम बजारको रुपमा देखिएको उनको भनाइ छ ।

सुरक्षित र धेरै कमाइ

मलेसिया र खाडी राष्ट्रहरुको तुलनामा राम्रो कमाइ र श्रमिकमैत्री कानुनको कारण युरोप वैदेशिक रोजगारीका लागि राम्रो गन्तव्य मानिन्छ । श्रमको प्रकृति पनि खाडी राष्ट्रहरु भन्दा सहज र सुरक्षित रहेको श्रम मामिलाका जानकारहरु बताउँछन् ।

श्रम विज्ञ रामेश्वर नेपाल खाडी मुलुक भन्दा श्रम अधिकार, श्रमिक सुरक्षा, आम्दानी युरोपमा राम्रो रहेको बताउँछन् । ‘खाडी राष्ट्रमा हाम्रा श्रमिकले गर्ने श्रमको प्रकृति, उनीहरुले भोग्ने दुःख, भोग्ने हैरानी र श्रमिक माथिको दृष्टिकोणले पनि खाडीमा पहिलो जस्तो आकर्षण छैनु,’ उनी भन्छन्, ‘तथापि खाडी आज पनि हाम्रो प्रमुख श्रम गन्तव्य हो ।’ उनले सरकारले नयाँ श्रम गन्तव्यको आवश्यकता मनन गरेर युरोपेली देशमा श्रमिक पठाउन सहजीकरण गर्नुपर्ने बताए ।

वैदेशिक रोजगार व्यवसायीहरु पनि युरोपमा श्रमिकमैत्री कानुन भएकाले पनि खाडीमा भन्दा युरोपका मुलुकमा श्रमिकलाई काम गर्न सहज हुने बताउँछन् ।

व्यवसायीहरुका अनुसार खाडीमा नेपाली श्रमिकहरु धेरैजसो निर्माणजन्य कामको श्रमिकका रुपमा जाने गरेका थिए । निर्माण क्षेत्र भएकाले श्रमको प्रकृति पनि खाडी राष्ट्रहरुमा कठिन खालको रहेको वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष भण्डारीले बताए ।

यूरोपमा भने उत्पादनमूलक, कृषि, खाद्य उद्योग, होटल र निर्माण क्षेत्रमा बढी कामदार माग भएको उनको भनाइ छ । ‘श्रमको प्रकृति प्रविधिमैत्री भएकाले सहज र सुरक्षाको दृष्टिकोणले युरोपेली मुलुक उत्कृष्ट मानिन्छु,’ उनी भन्छन् ।

सेवा सुविधा पनि खाडीमा भन्दा युरोपमा बढ्ता भएको रोजगार व्यवसायी संघका अध्यक्ष भण्डारी बताउँछन् । उनका अनुसार खाडीमा नेपालीको औसत तलब मासिक ४० हजार रुपैयाँ छ भने युरोपेली देशमा ८० हजार रुपैयाँभन्दा बढी छ । त्यसबाहेक श्रम गर्ने अवधि, श्रमको स्वतन्त्रता लगायतका हिसाबले पनि युरोप राम्रो रहेको उनी सुनाउँछन् ।

हाल युरोपमा संस्थागत भन्दा व्यक्तिगत श्रम स्वीकृति लिएर जाने धेरै छन् । नेपालले युरोपका धेरै राष्ट्रहरुसँग श्रम सम्झौता नगरेकाले संस्थागत रुपमा श्रमिक पठाउन नसकेको व्यवसायीहरु बताउँछन् ।

नेपालले रोमानिया र जर्मनीमा भने श्रमिक पठाउने बाटो खोलेको छ । नेपालले गत असोज १९ मा रोमानिया र २३ असोजमा जर्मनीसँग जीटुजी माध्यमबाट श्रमिक पठाउने भनेर श्रम सम्झौता गरेको थियो । यद्यपि जर्मनीमा भने अझै श्रमिक पठाउन सुरु भएको छैन ।

श्रम विज्ञ सोम लुईंटेल युरोप-अमेरिकामा श्रम बजारको खोजी गर्नुपर्ने बताउँछन् । ‘यदि श्रमिक पठाउने नै हो भने, उत्कृष्ट श्रम अधिकार, मानव अधिकारको प्रत्याभूति भएको मुलुकमै किन नपठाउने रु,’ उनी भन्छन् ।

वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष भण्डारी युरोपेली देशमा श्रमिक पठाउन सरकारले मागपत्र प्रमाणीकरण सहज गरिदिनुपर्ने बताउँछन् । मागपत्र प्रमाणीकरण सहज गरिदिए सुरुका वर्षमा वाषिर्क ५० हजार नेपालीलाई युरोप पठाउन सकिने उनको भनाइ छ ।

युरोपमा दक्ष कामदार पठाउन सकेमा सम्बन्धित परिवार र मुलुकलाई नै फाइदा हुने उनी बताउँछन् । उनी भन्छन्, ‘युरोपजस्ता राष्ट्रहरुमा दक्ष कामदार पठाउन सके देशले पाउने रेमिट्यान्समा पनि टेवा पुग्छ, त्यसैले सरकारले नयाँ गन्तव्यको लागि बाटो खुला गर्न ढिलाइ गर्न हुँदैन ।’

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
लेखक
आभास बुढाथोकी

बुढाथोकी अनलाइनखबरका संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?