+
+

पानीजहाज निर्माण क्षेत्रमा ४ हजार जनाले उत्तीर्ण गरे कोरियन भाषा परीक्षा (सूचीसहित)

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर ११ गते १८:४२
फाइल तस्वीर

११ मंसिर, काठमाडौं । कोरियामा पानीजहाज निर्माण क्षेत्रका लागि लिएको भाषा परीक्षामा ४ हजार ९८ जना उत्तीर्ण भएका छन् । ईपीएस कोरिया शाखाले सोमबार भाषा परीक्षाको नतिजा सार्वजनिक गरेको हो ।

१ असोज २०८० देखि ७ कात्तिक २०८० सम्म लिइएको पहिलो चरणको कोरियन भाषा परीक्षाको नतिजा सार्वजनिक भएको हो । जसमा ३ हजार ९०१ पुरुष र १९७ जना महिलाले भाषा परीक्षा उत्तिर्ण गरेका छन् । यो कुल भाषा परीक्षा दिएकाको १२.६ प्रतिशत हो ।

यस वर्ष कुल ३२ हजार ५०७ जनाले भाषा परीक्षा दिएका थिए । परीक्षा फारम भर्ने भने ३५ हजार ४७८ जना थिए । २ हजार ९७१ जना भने अनुपस्थित भएका थिए ।

ईपीएस कोरिया शाखाका अनुसार पहिलो चरणको कोरियन भाषा परीक्षा पास भएका परीक्षार्थीहरुको दोस्रो चरणको स्किल टेस्ट तथा कम्पिटेन्सी टेस्टको परीक्षा हुने छ ।

यस परीक्षामा पास भएका उम्मेदवारको मात्र अन्तिम नामावली प्रकाशन हुने शाखाले जनाएको छ ।

कोरियाले पहिलो पटक पानीजहाज निर्माण कम्पनीका लागि ठूलो संख्यामा नेपाली कामदार लैजान लागेको हो ।

हेर्नुहोस् सूचीः

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?