News Summary
Generated by OK AI. Editorially reviewed.- नेकपा सांसद युवराज दुलाल ‘शरद’ ले प्रतिनिधिसभा बैठकमा रास्वपाका सांसदहरूको उपस्थितिबारे प्रश्न उठाएका छन् ।
- उनले १८३ सिट भएको दलका ३० जना पनि सदस्य संसद्मा उपस्थित नभएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।
- दुलालले ताजा जनादेशबाट आएका सांसदहरूको उपस्थिति देख्दा टिठ लाग्ने बताउँदै आफ्ना सांसदहरूलाई सचेत गराउन आग्रह गरेका छन् ।
३० भदौ, काठमाडौं । नेकपा सांसद युवराज दुलाल ‘शरद’ ले प्रतिनिधिसभा बैठकमा रास्वपाका सांसदहरूको उपस्थितिबारे प्रश्न उठाएका छन् ।
मंगलबार प्रतिनिधिसभा बैठकमा देश विकास गर्ने संकल्प बोकेर आएको सांसदहरूको उपस्थितिले दयालाग्दो अवस्था रहेको जिकिर गरे ।
‘ताजा जनादेशबाट नयाँ कानुन निर्माण गरेर देश विकास गर्ने संकल्प बोकेर आएको संसद्का माननीयहरूको उपस्थिति देख्दा टिठ लाग्छ,’ सांसद दुलालले भने ।
१८३ सिटको गह्रौं भारीको सदस्यता भएको दलको आज ३० जना पनि सदस्य संसद्मा उपस्थित नभएको भन्दै उनले सरकारको ध्यानाकर्षण गराएका हुन् ।
‘१८३ सिटको गह्रौं भारीको सदस्यता भएको दलको आज ३० जना पनि सदस्य संसद्मा उपस्थिति नहुनु धेरै नै दयालाग्दो छ । म आफ्ना सांसदहरूलाई सचेत गराउन आग्रह गर्न चाहन्छु,’ उनले भने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4