३० भदौ, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का प्रमुख सचेतक युवराज दुलालले संसद्मा सांसदहरूको उपस्थिति कमजोर रहेको विषयमा असन्तोष व्यक्त गरेका छन् ।
मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सत्तारूढ दलको १८२ सिट हुँदा पनि संसद्मा सांसदको नगन्य उपस्थिति रहने गरेकामा असन्तुष्टि व्यक्त गरेका हुन् ।
‘ताजा जनादेशबाट नयाँ कानुन निर्माण गरेर देश विकास गर्ने संकल्प बोकेर आएको संसद्को माननीयको उपस्थिति देख्दा टिठ लाग्छ,’ उनले भने ।
प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल रास्वपा एक्लैको १८२ सिट छ । स्वतन्त्र सांसद महावीर पुनसमेत सरकारमा भएकाले १८३ पुगेको भन्दै उनले थपे, ‘१८३ सिटको गह्रौं भारीको सदस्यता भएको दलको आज ३० जना पनि संसद्मा उपस्थिति नहुनु र अन्य माननीयको पनि यो खालको उपस्थिति धेरै नै दयनीय खालको छ ।’
यो विषय उनले नागरिकले आफ्ना सांसदलाई सचेत गराउन आवश्यक रहेको बताए ।
प्रतिक्रिया 4