News Summary
Generated by OK AI. Editorially reviewed.- मन्त्री खडक राज पौडेलले उडान रद्द, ढिलाइ र ब्यागेज हराउने अवस्थामा यात्रुको न्यूनतम क्षतिपूर्ति र अधिकार कानुनमै सुनिश्चित गरिने बताएका छन्।
- उनले आन्तरिक वायुसेवा प्रदायकको बीमा दायित्व करिब २० हजार डलरबाट १ लाख डलर पुर्याउने प्रस्ताव गरिएको बताए।
- उनले विमान दुर्घटनामा जमिन वा घरमा रहेका गैर-यात्रुको ज्यान वा सम्पत्तिमा क्षति भए क्षतिपूर्ति दिलाउने कानुनी आधार पहिलोपटक तय गरिने बताए।
३० भदौ, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडक राज पौडेलले उडान रद्द, उडानमा ढिलाइ, ब्यागेज हराउने लगायतका विषयमा यात्रुले पाउने न्यूनतम क्षतिपूर्ति र अधिकारलाई कानुनमै सुनिश्चित गर्न खोजिएको बताएका छन्।
मंगलबार सिंहदरबारमा बसेको राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठकमा आन्तरिक वायुसेवाको दायित्व सम्बन्धी विधेयक, २०८३ माथिको सैद्धान्तिक छलफलका क्रममा मन्त्री पौडेलले आन्तरिक वायुसेवा प्रदायकहरूको कानुनी दायित्व, यात्रुको अधिकार र क्षतिपूर्तिसँग सम्बन्धीत बिषयलाई कानुनमै सुनिश्चित गर्न खोजिएको बताएका हुन्।
उहाले हाल अभ्यासमा रहेको करिब २० हजार अमेरिकी डलर बराबरको बीमा दायित्वलाई अन्तर्राष्ट्रिय मापदण्डअनुरूप बढाएर १ लाख डलर पुर्याउने प्रस्ताव गरिएको जानकारी दिए। बीमा रकम वृद्धि हुँदा भविष्यमा हवाई भाडादर केही बढ्न सक्ने सम्भावनाप्रति सहज हुनुपर्ने उनको भनाइ छ ।
मन्त्री पौडेलले विमान दुर्घटना भएर जमिन वा घरमा रहेका सर्वसाधारण (गैर-यात्रु) को ज्यान वा सम्पत्तिमा क्षति पुगेमा समेत क्षतिपूर्ति दिलाउने कानुनी आधार पहिलोपटक तय गर्न लागिएको बताए।
उहाले नियमनकारी र सेवा प्रदायक निकाय विभाजन तथा विमानस्थल सञ्चालनसम्बन्धी विषय नागरिक उड्ययन प्राधिकरणको छुट्टै विधेयकमा सम्बोधन हुने उल्लेख गरे।
प्रतिक्रिया 4