+
+

२१९ प्राविधिकसहित लोकसेवाले माग्यो २६० जना कर्मचारी

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर १ गते १४:२४

१ मंसिर, काठमाडौं । लोकसेवा आयोगले आयोगले २६० जना कर्मचारीका लागि विज्ञापन खोलेको छ ।

आयोगले शुक्रबार गोरखापत्रमा विज्ञापन खोल्दै राजपत्रांकित तृतीय श्रेणी(प्राविधिक), स्वास्थ्य सेवाको आठौं र सातौं तहका कर्मचारी मागेको हो ।

आयोगले राजपत्रांकित तृतीय श्रेणी(प्राविधिक) तर्फ ७६ पदमा २ सय १९ कर्मचारी माग गरेको छ । जसमा सबैभन्दा धेरै इन्जिनियरिङ तर्फ विभिन्न सेवाका रहेका छन् ।

यस्तै कृषि तथा पशु चिकित्सक, कम्प्युटर अधिकृत, विद्यालय निरीक्षक, शिक्षा प्राविधिक लगायत पद रहेको छ ।

स्वास्थ्य सेवाको आठौं तहमा ८ पदमा ३६ जना कर्मचारीको विज्ञापन आयोगले माग गरेको छ । जसमा ३४ जना विभिन्न समुहका मेडिकल अधिकृत मात्रै माग गरेको छ । यस्तै स्वास्थ्य सेवाको सातौं तहमा ३ विधामा ४ जना कर्मचारी माग गरेको छ ।

आयोगले एक जना राष्ट्रिय मानव अधिकार सेवाको सूचना प्रविधि अधिकृत पनि माग गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?