News Summary
Generated by OK AI. Editorially reviewed.- नेकपा एमाले पुनर्गठन कार्यदलको प्रतिवेदनमा विन्दा पाण्डे र उषाकिरण तिम्सेनालाई कारबाही गर्ने निर्णय गलत भएको उल्लेख गरिएको छ।
- महासचिव शंकर पोखरेलले पार्टीपंक्तिबाट लिइएका सबै सुझाव समेट्दै सल्लाहकारहरूको यो निष्कर्ष प्रतिवेदनमा राखेका छन्।
- सल्लाहकारहरूले पार्टी हितमा सुझाव दिने कार्यकर्तालाई अपराधी करार गर्ने निर्णय पनि गल्ती भएको बताएका छन्।
२५ भदौं, काठमाडौं । नेकपा एमाले पुनर्गठन कार्यदलको प्रतिवेदनमा विन्दा पाण्डे र उषाकिरण तिम्सेनालाई कारबाही गरिएको विषय पनि समेटिएको छ ।
महासचिव शंकर पोखरेलले पार्टी पुनर्गठनबारे पार्टीपंक्तिबाट लिइएका सबै सुझाव समेट्ने क्रममा यो विषय पनि राखिएको छ । सल्लाहकारहरूबाट सुझाव आएको सुझावमा पाण्डे र तिम्सेनालाई पार्टीले कारबाही गर्नु गल्ती भएको उल्लेख गरिएको छ ।
‘क. विन्दा र क. उषालाई कारबाही गर्ने गर्णय गलत थियो,’ सुझाव प्रतिवेदनमा भनिएको छ । व्यवसायी मीनबहादुर गुरुङबाट एक अर्ब बराबरको केन्द्रीय कार्यालय भवन दानमा लिने निर्णय ०८१ असोजमा भएको थियो । अध्यक्ष केपी शर्मा ओली र गुरुङ दम्पत्तिले शिल्यान्यास गरेको उक्त भवन फिर्ता गर्नुपर्ने आवाज त्यसबेला चर्कोगरी उठेको थियो ।
दानको घरमा नभएर पार्टी आफैले बल्खुमा कार्यालय बनाउनुपर्ने मत राखेबापत पाण्डे र तिम्सेनालाई ६ महिना निलम्बन गरिएको थियो । तर सल्लाहकाहरूले पार्टीको समीक्षा गर्ने क्रममा यो निर्णय गलत भएको निष्कर्ष पार्टीलाई बुझाएको छ ।
सँगै पार्टी हितमा सुझाव दिने कार्यकर्ताहरूलाई अपराधी करार गर्ने निर्णय गल्ती भएको पनि प्रतिवेदनमा उल्लेख छ । ‘विगतमा पार्टी हितका लागि सही सुझाव दिने कार्यकर्ताहरूलाई दुश्मन बनाउने र अपराधी करार गर्ने काम भयो,’ प्रतिवेदनमा भनिएको छ ।
प्रतिक्रिया 4