+
+
Shares

शौचालयको सेफ्टी ट्यांकीभित्र क्षतविक्षत अवस्थामा भेटियो युवकको शव

मृतक महोत्तरीकै भंगहा नगरपालिका– ६ बिर्जौनी टोलका २५ वर्षीय विवेक सरदार रहेको प्रहरी स्रोतले बताएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ २६ गते १६:४१

२६ भदौ, जनकपुरधाम । महोत्तरीमा एक युवकको हत्या भएको छ। बलवा नगरपालिका ७ बनौटा बस्ने अशोक ठाकुरको शौचालयको सेफ्टी ट्यांकीमा युवकको शव फेला परेको हो।

मृतक महोत्तरीकै भंगहा नगरपालिका– ६ बिर्जौनी टोलका २५ वर्षीय विवेक सरदार रहेको प्रहरी स्रोतले बताएको छ।

उनको शवलाई टुक्राटुक्रा गरी सेफ्टी टयांकीमा राखिएको अवस्थामा फेला परेको हो। सेफ्टी ट्यांकीमा राखेर माथिबाट सिमेन्ट बालुवा राखेर पलास्टर गरिएको पाइएको छ।

विवेक रक्षाबन्धनको दिनदेखि बेपत्ता भएका थिए। प्रहरी घटनास्थलमा पुगेर अनुसन्धान गरिरहेको छ। घरधनी अशोक ठाकुरलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

विवेक रक्षाबन्धनको दिनदेखि हराएपछि परिवारजनले खोजी गरिरहेका थिए। यसको जानकारी प्रहरीलाई पनि गराइएको थियो । उनको अन्तिम मोबाइल लोकेसन घटनास्थल नजिकै देखिएको थियो।

पक्राउ परेका उनले शव सेफ्टी ट्यांकीमा लुकाएको प्रहरीलाई बयान दिएपछि प्रहरी घटनास्थलमा पुगेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?