News Summary
Generated by OK AI. Editorially reviewed.- राजविराजको गजेन्द्रनारायण सिंह अस्पतालको मूल गेटबाहिर सडकपेटीमै शिशु जन्मिएको घटनामा सरकारले ड्युटीमा रहेका कर्मचारीलाई जिम्मेवारीबाट हटाएर छानबिन शुरू गरेको छ।
- स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले घटनाको स्थलगत छानबिनका लागि पाँच सदस्यीय टोली राजविराज पुगेको र जिल्ला प्रशासन कार्यालय सप्तरीले पनि छुट्टै समिति गठन गरेको बताइन्।
- अस्पतालको प्रारम्भिक विवरणअनुसार ३० वर्षीया बबिताकुमारी पासवान प्रसूति वार्डबाट बाहिरिएपछि बिहान ४:४५ बजे गेटबाहिरै सुत्केरी भएकी थिइन्।
- मन्त्री मेहताले छानबिन प्रतिवेदनपछि दोषी देखिएकामाथि कानुनबमोजिम कारबाही हुने र यस्ता घटना दोहोरिन नदिन अस्पताललाई सचेत गराइएको बताइन्।
२६ भदौ, काठमाडौं । सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको मूल गेटबाहिर सडकपेटीमै एक महिलाले शिशु जन्माएको घटनामा सरकारले ड्युटीमा रहेका कर्मचारीलाई जिम्मेवारीबाट हटाएर छानबिन सुरु गरेको छ।
शुक्रबार प्रतिनिधिसभा बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले घटनालाई सरकारले गम्भीरतापूर्वक लिएको बताइन्। उनले घटनाका बेला ड्युटीमा रहेका अस्पतालका कर्मचारीलाई तत्काल कामकाजबाट हटाइएको र उनीहरूमाथि छानबिन भइरहेको संसद्लाई जानकारी गराइन्।
पाँच सदस्यीय टोली राजविराजमा
मन्त्री मेहताका अनुसार घटनाको स्थलगत छानबिनका लागि नेपाल मेडिकल काउन्सिलका रजिस्ट्रार डा। सुप्रभात श्रेष्ठ र एथिकल कमिटीका डा। अजय शाहसहितको पाँच सदस्यीय टोली राजविराज पुगिसकेको छ।
उक्त टोलीमा स्वास्थ्य मन्त्रालयका तर्फबाट स्वास्थ्य सेवा विभागको उपचारात्मक सेवा महाशाखाका प्रमुख डा। पवनजङ्ग रायमाझी पनि सहभागी छन्। यसका अतिरिक्त, घटनाको सत्यतथ्य पत्ता लगाउन जिल्ला प्रशासन कार्यालय सप्तरीबाट समेत छुट्टै छानबिन समिति गठन भइसकेको मन्त्री मेहताले जानकारी दिइन्।
अस्पतालको स्पष्टीकरण- ‘परीक्षण गर्न भन्दा बाहिरिएर गेटमा सुत्केरी भइन्’
मन्त्रालयले घटनालगत्तै अस्पतालसँग २४ घण्टे स्पष्टीकरण सोधेको थियो। अस्पतालले मन्त्रालयलाई बुझाएको प्रारम्भिक विवरण उद्धृत गर्दै मन्त्री मेहताले संसद्मा भनिन्, ुभदौ २४ गते बिहान करिब २ बजे प्रसव व्यथा लागेपछि ३० वर्षीया बबिताकुमारी पासवान अस्पताल आउनुभएको थियो। प्रारम्भिक जाँचपछि उहाँलाई प्रसूति वार्डको बेड नम्बर २४ मा भर्ना गरिएको थियो।ु
अस्पतालका अनुसार, आवश्यक जाँचसम्बन्धी पुरानो रिपोर्ट नभएका कारण स्वास्थ्यकर्मीले केही अति आवश्यक जाँच गर्न सुझाव दिएका थिए। तर, त्यसपछि बिरामी र कुरुवा शय्यामा नरही अस्पतालबाट बाहिरिएको र बिहान ४स्४५ बजे मूल गेटबाहिरै प्रसूति भएको जानकारी प्राप्त भएको मन्त्रीले बताइन्।
प्रसूति भएपछि आमा र नवजात शिशुलाई सालनालसहित पुनः प्रसूति वार्डमा ल्याइएको थियो। ड्युटीमा रहेका स्वास्थ्यकर्मीले नाल काटेर आवश्यक स्वास्थ्य स्याहार तथा उपचारका लागि अस्पतालमै बस्न अनुरोध गर्दा पनि उनीहरू अस्पतालबाट बाहिरिएको अस्पतालको दाबी छ।
दोषीमाथि कारबाही हुने
मातृ तथा नवजात शिशुको जीवन रक्षा र गुणस्तरीय स्वास्थ्य सेवा सुनिश्चित गर्नु राज्यको प्राथमिक दायित्व भएको भन्दै मन्त्री मेहताले छानबिन प्रतिवेदन प्राप्त भएपछि दोषी देखिएकाहरूमाथि कानुनबमोजिम कारबाही हुने प्रतिबद्धता व्यक्त गरेकी छन्।
आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन मन्त्रालयले अस्पताललाई कडा रूपमा सचेत गराइसकेको र अस्पताल प्रशासनले पनि गल्ती नदोहोर्याउने प्रतिबद्धता जनाएको उनले स्पष्ट पारिन्।
प्रतिक्रिया 4