+
+

राष्ट्र बैंकमा ३० जनाका लागि रोजगारीको अवसर

अनलाइनखबर अनलाइनखबर
२०८० असोज १ गते १२:३२

१ असोज, काठमाडौं । नेपाल राष्ट्र बैंकले करार मार्फत पदपूर्ति गर्नेगरी ३० जना कर्मचारी माग गरेको छ । केन्द्रीय बैंकले सुरक्षातर्फ र टक्सार माहाशाखाका लागि प्राविधिक तर्फका कर्मचारी माग गरेको हो ।

राष्ट्र बैंकले सुरक्षातर्फ २ जना रक्षक केन्द्रीय कार्यालय र प्रदेशस्थित कार्यालयकका लागि १० जना महिला सिपाहीसहित १ जना कर्मचारी माग गरेको हो । यस्तै केन्द्रीय कार्यालयका लागि १ जना पिपा माग गरेको छ ।

टक्सार महाशाखाका लागि मेकानिकल इन्जिनियर (अधिकृत) १ जना, मेकानिकल ओभरसियर (सुपरभाइजर) २ जना, जुनियर आस्सेयर (सुपरभाइजर) १ जना, मूर्तिकला तथा चित्रकला (सुपरभाइजर) १ जना इलेक्ट्रिकल एण्ड इलेक्ट्रिक ओभरसियर (सुपरभाइजर) १ जना, मेकानिक (सहकायक) ६ जना, प्रयोगशाला सहायक (सहायक) १ जना, पेन्टोग्राफ मेसिन अप्रेटर (सहायक) १ जना, फोर्कलिफ्ट हेभी इक्विपमेन्ट अपरेटर (चालक) जना करामा नियुक्ति गर्ने भएको हो ।

रोजगारीका लागि आवेदन दिने आवेदक ४५ वर्ष ननाघेको, लिखित परीक्षा, प्रयोगात्मक र अन्तर्वार्ता हुने राष्ट्र बैंकले जनाएको छ । आवेदकको संख्या १०० वा सोभन्दा कम भएमा प्रयोगात्मक र अन्तरवार्ता दुवै वा अन्तर्वार्ता मात्रै हुने राष्ट्र बैंकले जनाएको छ ।

करार सम्झौताको अवधि ६ महिना हुने सूचनामा उल्लेख छ । परीक्षा दस्तुर मेकानिकल इन्जिनियरको हकमा १ हजार र अन्यको ८०० रूपैयाँ लाग्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?